त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु

0
27

चितवन- कपिलवस्तुबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबस धादिङको त्रिशूली नदीमा खसेको छ ।

लु १ ख २१२१ नम्बरको बस गजुरीको घाटबेशीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । दुर्घटनास्थलबाट अहिलेसम्म ३५ जनाको उद्धार गरी उपचारको लागि नजिकैको स्थानीय अस्पतालमा पठाइएको छ ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

Previous articleकालिकामा दादुरा-रुबेला विरुद्धको खोप अभियान सुरु
Next articleदादुरा-रुबेला खोप अभियान बारे कालिका नगरपालिकाको सुचना !!