बागमती प्रदेशमा बालिकामाथि यौन शोषण बढ्दो

0
26

चुरे मकवानपुर । बागमती प्रदेशमा बालिकाहरुमाथि यौन शोषण बढ्दो अवस्थामा रहेको एक रिपोर्ट सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा बागमतीका अनुसार प्रदेशको १३ जिल्लामा भएका बलात्कारका घटनामा ६६ प्रतिशत बालिका पीडित भएकाछन् । बलात्कारका ३ सय ८६ वटा बलात्कारको घटनामा २ सय ५३ जनाबालिका र १ सय ३३ जना महिला पीडित भएकाहुन् ।

इन्सेकले बुधबार सार्वजनिक गरेको वर्ष पुस्तकको तथ्याङ्क अनुसार सबै भन्दा बढि काठमाडौँ जिल्लामा ९७ जनाबालिका र ६४ जना महिला बलत्कारबाट पीडित भएकाछन् । भक्तपुरमा २१ बालिका र ११ महिला, ललितपुरमा ३१ बालिका र १४ महिला, दोलखामा ९ बालिका र तीनमहिला, सिन्धुलाल्चोकमा १७ बालिका र ६ महिला, घादिङमा ८ बालिका र एक महिला, नुवाकोटमा १० बालिका ५ महिला, काभ्रेमा ९ बालिका र तीन महिला बलात्कृत भएकाछन् ।

अन्य घटनाहरुमा पनि प्रदेशको जिल्लाहरू मध्ये सबैभन्दा बढी घटना काठमाडौँ जिल्लामा भएको छ । इन्सेकले हत्या, बलात्कार, बलात्कार प्रयास, आत्महत्या दुरुत्साहन तथा अमानवीय व्यवहार लगायतको मानव अधिकार विरुद्ध हुने ज्यादतीको घटनाहरूको सङ्कलन गरेर वर्ष पुस्तक प्रकाशन गर्दै आएको इन्सेक बागमती प्रदेश संयोजक कृष्ण् गौतमले बताए ।

इन्सेकले हरेक वर्ष फागुन ७, गते नेपालमा वनअधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै आएको छ । मानवअधिकार वर्र्ष पुस्तक २०२०मा समावेश भएको बागमती प्रदेशको मानव अधिकारको अवस्थाबारे सञ्चारकर्मीहरुलाई जानकारी गराइएको छ ।
इन्सेक बागमती प्रदेश कार्यालय हेटौंडाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रदेशको मानव अधिकारको अवस्था सार्वजनिक गरिएको हो । कार्यक्रममा इन्सेक बागमती प्रदेश कार्यालयका कार्यक्रम संयोजक गणेश भण्डारीले सन् २०१९ मा बागमती प्रदेशभित्र भएका मानव अधिकार उल्लङ्घनका घटना र प्रदेशको समग्र मानव अधिकारको अवस्थाबारे जानकारी दिए ।

सन् २०१९ मा यस प्रदेशमा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा बागमती प्रदेशमा कूल १ हजार ४ सय ९४ जना पीडित भएको कार्यक्रम संयोजक भण्डारीले बताए । जसमा राज्यपक्षबाट १४ जना महिला सहित २ सय १७ जना र अन्यपक्षबाट १ हजार १ एक ७० जना महिला सहित १ हजार २ सय ७७ जना मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको सार्वजनिक गरिएको छ ।

इन्सेक प्रदेश कार्यालयले सार्वजनिक गरेको रिपोर्ट अनुसार सन् २०१९ मा गिरफ्तारका घटनामा १ सय ६८ जना, अभिव्यक्ति, भेला तथा सङ्गठित हुने अधिकारमा १२ जना, जातीयविभेदका घटनामा २१ जना, महिला अधिकार उल्लङ्घनका घटनामा ७ सय ४७ जना, यातनाका घटनामा ७ जना र बालअधिकार उल्लङ्घनका घटनामा ३ सय ७६ जना पीडित भएकाछन् । गतवर्ष (सन्२०१८) यस प्रदेशमा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ८ सय १९ जना पीडित भएका थिए ।

गतवर्ष भन्दा यसवर्ष मानवअधिकार उल्लङ्घनका घटना कमि नहुनुमा आम मानिसमा आएको चेतना, हिंसा विरुद्ध लड्दै न्यायप्राप्तिको आवाज उठाउनु नै रहेको संयोजक गौतमले बताए । नेपाल मानवअधिकार वर्ष पुस्तक सन् १९९२ देखि प्रत्येक वर्ष प्रकाशन गर्दै आएको छ । नेपालमा मानवअधिकार वर्ष पुस्तक २०२० यसै अन्तर्गतको २८ औँ श्रृङ्खला हो । यो पुस्तक मानवअधिकार विरुद्धको घटनाहरुको मात्रै अभिलेख नभई, समग्र मानवअधिकारको अवस्थाको दस्तावेज भएको संयोजक गौतमले बताए ।

The post बागमती प्रदेशमा बालिकामाथि यौन शोषण बढ्दो appeared first on Rajdhani Daily News.

उपत्यकामा निषेधाज्ञा थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

Previous articleसल्यानको प्रादेशिक महोत्सव एकै दिनमा १५ हजार दर्शकले गरे अवलोकन
Next articleएमसिसी राष्ट्रलाई खतरा नहुने गरी पारित हुन्छ