एमालेबाट थपलिया आर्थिक मामिला मन्त्री बन्दै

0
24

हेटौंडा । बागमती प्रदेश सरकार आज पुनः विस्तार हुने भएको छ ।

जगन्नाथ थपलियाको नेतृत्वमा नेकपा एमाले सरकारमा जाने तय भएको हो । थपलियालाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिन लागेको जनाइएको छ ।

उनको पद तथा गोपनीयताको सपथ आज साँझ ५ बजे हुनेछ । एमालेका थपलिया दोस्रो पटक मन्त्री बन्न लागेका हुन् । यसअघि २६ पुस २०७९ मा पनि आर्थिक मामिला मन्त्री बनेका थिए ।

बागमतीमा रिक्त ६ वटा मन्त्रालयमा चैत्र १५ हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारीमन्त्री भइसकेका छन् । तस्विर:फाईल

Previous articleत्रिशुली घटना अपडेट: पाँचजनाको घटनास्थलमै मृत्यु एकजना बेपत्ता
Next articleघन्टीभाईहरुबाट पनि मुलुक चल्दैन : अध्यक्ष लिङ्देन