साउदी बाट छुट्टीमा आएकालाई खुसीको खबर: अगस्ट ३१ सम्म साउदी प्रवेस गर्दा फाईन नलाग्ने

काठमाण्डौ – साउदीले कोरोना महामारीका कारण देशबाहिर रोकिएका विदेशी श्रमिकको आवासीय अनुमति पत्र(अकामा)को समय बढाउने भएको छ । साउदीबाट आफ्नो देश गएका र कोरोनाको कारण फर्कन नपाएका विदेशी श्रमिकको आवासीय अनुमति पत्र(अकामा)को म्याद आउँदो अगस्ट ३१ सम्म स्वतः बढ्ने अरब न्युजले खबर लेखेको छ । यसका साथै साउदीले भिजिट भिसा र एक्जिट एण्ड इन्ट्री भिसाको म्याद पनि अगस्ट ३१ सम्म निःशुल्क बढाउने जनाएको छ ।

कोरोना महामारी रोकथामका लागि अपनाइएका विभिन्न मापदण्डका कारण समयमा देश छाड्न र फर्कन सक्ने अवस्था नभएको भन्दै साउदीले यो नियम बनाएको जनाएको छ । यसबाट बिदामा नेपाल आएर साउदी फर्कन नपाएका र भिसा र करार सकिँदा पनि साउदीबाट स्वदेश फर्कन नपाएका नेपाली श्रमिकलाई पनि फाइदा हुनेछ ।

वैदेशिक रोजगारीमा जानेलाई सरकारले जोन्सन एण्ड जोन्सन खोप दिने

काठमाण्डौ – खोप अनिवार्य गरिएका देशमा जाने नेपालीलाई पनि सरकारले जोन्सन एण्ड जोन्सन खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पनि जोन्सन एण्ड जोन्सनको खोप दिने जनाएको छ । यसअघि वैदेशिक रोजगारीमा जाने श्रमिकलाई भेरोसेल खोपको प्राथमिकतामा राखेपछि श्रमिक र सरोकारवालाले सरकारको यो निर्णयको आलोचना गरेका थिए ।

कतिपय गन्तव्य देशले भेरोसेल खोपलाई मान्यता नदिएको र भेरोसेल खोपको दुवै मात्रा लगाउन एक महिनाको समय कुर्नुपर्ने भएकाले श्रमिकले एक मात्र मात्रै लगाउँदा हुने जोन्सनको खोप दिन सरकारसँग आग्रह गरेका थिए । अब जोन्सन एण्ड जोन्सन खोप अनिवार्य गरेका देशमा जान लागेका व्यक्तिहरूलाई पासपोर्ट र भिसा को आधारमा खोप दिइने मन्त्रालयले जनाएको छ ।

अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई दिएको १५ लाख डोज जोन्सन एण्ड जोन्सनको खोप सोमबारदेखि ५० देखि ५५ वर्ष उमेर समूहका नागरिक, ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका नागरिक स्वास्थ्यकर्मी तथा हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई दिन सुरु गरेको छ । उज्यालो अनलाईन बाट 

तपाईको प्रतिक्रिया