दाजु-बहिनीको नाजायज सम्बन्धले निम्ताएको दुर्घ’टना; चितवन प्रहरीले गर्यो सनसनीपूर्ण खुलासा

0
8762

निराजन घिमिरे, साउन ९, चितवन- अपहरण पछी बला’त्कार अनि ह’त्या गरिएकी भनिएकी चितवन राप्तीकी सुजिता भण्डारी मृ’त्यु प्रकरण बारे प्रहरिले निकै सन’सनीपूर्ण खु’लासा गरेको छ । हिजो साउन ८ गते जिल्ला प्रहरी कार्यालय भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले सुजिता भण्डारी मृ’त्यु प्रकरणको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको हो । सुजिता अचा’नक गायब भएपछी सामाजिक संजा’लमा यो घट’नाको निकै चर्चा भएको थियो । बेप’त्ता भएको केहि दिन पछी सुजिताको श’व जंगलमा भेटिए संगै चितवनको माहोल ह्वात्तै तातेको थियो । धेरैले यो घट’नालाई अप’हरण-बला’त्कार-ह’त्याको रुपमा विश्लेषण गरेका थिए ।

तर हिजो प्रहरीले पत्रकार सम्मलेन बाट सार्वजनिक गरेको प्रतिबेदनले धेरै नेपालीलाई स’क्ड बनाएको छ । आफ्नै  ठुलोवुवाको छोरा झापा जिल्लाका ‘सचिन’ भनिने सुकदेव भण्डारी संग रहेको ‘ना-जायज’ प्रेम सम्बन्धका कारण सुजिताले आ’त्मह’त्या गरेको प्रहरीको अप’राध अनुसन्धानले जनाएको छ ।  उनीहरूको सम्बन्ध दाजुबहिनीको मात्रै सीमित नरही शंका’स्पद देखिएको भनेर परिवारकै सदस्यहरूले समेत चेता’वनी दिएको अनुसन्धानबाट खुलेको छ,’ घ’टनाका प्रमुख अनुसन्धान अधिकृत समेत रहेका इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी ईन्द्रबहादुर रानाले भने।

लामो समयको एकअर्का प्रतिको आकर्षणपश्चात उनीहरु प्रेम सम्बन्धमा फ’सेको  र उनीहरू दुबै काठमाडौं गएर एकैसाथ बस्ने भनेर योजनासमेत बनाएको डिएसपी थापाले बताए। दिदीकोमा बस्ने भन्दै सुजिता केहि समय पहिला काठमाडौं गएको र दिदीकोमा नबसी आफ्नो प्रेमी सचिनलाई कोठा खोज्न दबा’ब दिएर केहि समय उनीहरु संगै बसेको अनुसन्धानमा खुलेको छ। दाजु बहिनिको नाता भएका कारण सामाजिक तथा नैतिक कठि’नाइले बिहे गरेर नेपालमा बस्न नसकिने भएका कारण  गर्दा सम्भव भएसम्म विदेश जाने र सम्भव नभए एकआपसको अप’हरणको बहाना बनाएर कसैले थाहा नपाउने ठाउँमा गएर बस्ने योजना बनाएको खुलेको छ,’ रानाले भने।

उनीहरुले डिलिट गरेको तर प्रहरीले रिकभर गरेको उनीहरुको फोटो

त्यसै सिलसिलामा गत असार ९ गते सुजिताले सचिनलाई विवाहको प्रस्ताव गरेकी थिईन्। सुजिताले सुकदेवलाई बिहे गर्न द’बाब दिएको, सुकदेव पारिवारिक नाता पर्ने भएकोले हच्किएको अनुसन्धानमा देखिएको छ। दाजुले बिहे गर्न नमानेपछि सुजिताले ‘विवाह नगर्ने भए म म’र्छु’ र सचिनले “जे गर्छस् गर” भनेको  प्रहरी नायब उपरीक्षक रानाले बताए। त्यसपछि उनीहरूबीच कुनै संवाद भएको नदेखिएको प्रहरीको भनाई छ। पोष्टमार्टम रिर्पोटबाट ह’त्या नभएको भनी तथ्य सार्वजनिक भएपछि भिसे’रा परीक्षण गरिएको छ । भिसेराको आधिकारिक जानकारी आइपुगेको छैन । असार २३ गते नै भि’सेरा परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा दिइएको थियो । एक हप्तामा रिर्पोट आउने भनिए पनि हालसम्म आएको छैन ।

अप’हरणको फण्डा

असार ११ गते बिहान साथीको घरमा तरकारी लिन जान्छु भनि हिंडेकी सुजिताले सोहि दिन आफ्नी दिदीको मोबाईलमा छ पटक सम्म कल गरेकी थिईन् । तर दिदीको फोन उठेन । पछी दिदीले फोनमा बहिनीको ६ मिसकल देखेपछी कलब्याक गर्दा सुजिताले आफुलाई कसैले अप’हरण गरेको, आँखामा केहि धुलो हालिदिएको, हात बाँ’धेर गाडीमा पुर्व तर्फ लाँदै गरेको भनेर बताएकी थिईन् । बहिनीले यस्तो बताएपछि पारिवारिक सल्लाहमा उनीहरुले भण्डारामा रहेको प्रहरी चौकीमा सुजिताको अप’हरण भएको जानकारी गराएका थिए । प्रहरीले अप’हरण बारे निकै गहिरिएर अनुसन्धान गर्यो तर अप’हरण भएको बारे कुनै सुरा’क फेला पार्न सकेन।

उनीहरुले डिलिट गरेको तर प्रहरीले रिकभर गरेको उनीहरुको फोटो

अप’हरणमा परेको व्यक्तिले ६/६ पटक सम्म एउटी व्यक्तिलाई किन फोन हान्यो ? यदि सम’स्यामै परेको भए अर्को नम्बर वा अर्को व्यक्तिलाई किन कल गरिएन? बिहान ६ बजे घरबाट हिंडेकी सुजिताले अप’हरण भएको जानकारी गराउँदा मध्यान्ह १२ बजिसकेको थियो, त्यो ४ घण्टा समय उनि कँहा थिईन् ? त्यो समयमा सुजिताले आफ्नो मोबाईलमा २ पटक डाटा प्याक किनेर म्यासेन्जर च्याट गरेको खुलेको छ । अपह’रणमा परेको व्यक्तिले डाटा तानेर च्याट गर्नु कत्तिको सम्भव कुरा हो ? अप’हरण गर्दा आफ्नो आँखामा पट्टि बानेको बताउने सुजाताले ‘पुर्व’ तर्फ लाँदै गरेको चै कसरी थाहा पाईन् । यिनै अनुत्तरित प्रश्नको कारण सुजाताको ला’स भेटिनु भन्दा अगाडी नै प्रहरी अप’हरण भएको भन्ने कुरा फण्डा मात्र भएको निष्कर्षमा पुगेको थियो ।

प्रति’कूलताको बाबजुत प्रहरीको सुजबुझपूर्ण कार्य 

सुजिता बे’पत्ता भएकै दिनदेखि खोजीकार्यमा तदारुकताका नदेखाएको भन्दै प्रहरीको आ’लोचना सुरु भै सकेको थियो । अपह’रणमा परेको फण्डा गरिएपनि सुजिता कसैसंग भा’गेको होकी भन्ने कुरामा प्रहरी पुगेको थियो भने परिवार संग यसै विषयमा पटक पटक छलफल समेत भएको थियो । अनुसन्धानका सबै उपायहरु अबलम्बन गरी घट’नाको सुक्ष्म अनुसन्धानको लागि केन्द्रिय अनुसन्धान व्युरो (CIB) को बिज्ञ टोलि समेत झिकाई अनुसन्धान गरिएको थियो । तर ला’स भेटिएको दिन स्थानीय जति ‘सक्ड’ भए प्रहरी पनि त्यतिनै ‘सक्ड‘ भयो । २०७८/०३/२० गते साझँको समयमा जिल्ला चितवन राप्ति न.पा. वडा नं ३ ब्रम्हास्थानी सामुदायिक जंगलको आँपगैरी खोल्सामा च्याउ खोज्न जाने व्यक्तिले श’व देखेको खबर पाए पछी प्रहरी टोली त्यतै हानियो ।

बीच जंगलमा भएका कारण घट’नास्थलमा पुग्न ढिलाई भयो र त्यो दिन ला’स त्यहि कुरेर बस्नुपर्ने अवस्था आयो । भोलिपल्ट बिहान बागमती प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर र विशेषज्ञ डाक्टरसहितको टोली झिकाएर घट’नास्थल र घट’नाको प्रकृति बारे अनुसन्धान गरियो । विगतका धेरै घट’नामा चुके’को प्रहरीले यो घट’नामा निकै सुझबुझ पूर्ण कार्य गरेको देखिछ । त्यस्तै ला’सको पोष्टमार्टम गर्न पनि विशेषज्ञ डाक्टर बाट गराउनको लागी भरतपुरमा नगरी  शिक्षण अस्पताल महाराजगंज पठाईएको थियो । पोष्टमार्टम रिर्पोटबाट ह’त्या नभएको भनी तथ्य सार्वजनिक भएपछि भि’सेरा परीक्षण गरिएको छ । भि’सेराको आधिकारिक जानकारी आइपुगेको छैन ।

उनीहरुले डिलिट गरेको तर प्रहरीले रिकभर गरेको उनीहरुको फोटो

राप्तीबासीको मनमा चो’ट 

आफ्नो गाउँको चेली बे’पत्ता भएपछी राप्तीका स्थानीय निकै सशं’कित थिए । झन् असार २० गते साँझ ला’स भेटिएपछि उनीहरु निकै आक्रो’शित भए । उनीहरुले कन्चनपुरकी चेली निर्मला पन्त घट’नाको स्मरण गर्दै सुजिता संग पनि अप’हरण-बला’त्कार-ह’त्या भएको भन्दै निकै आ’क्रोश पोखे । भोलिपल्ट सुजिताको श’व काठमाण्डौ पठाउने तयारी गर्दैगर्दा स्थानीयको आन्दोलन सुरु भयो । श’व पठाउन ढिलो गर्दा प्रमाण मेटिने तर्फ कसैको ध्यान गएन । दिनभर प्रदर्शनकारी र प्रहरी बीच हाना’हान चल्यो । घरमा बसिरहेका बालबालिकाले समेत प्रहरीको चु’टाई खाए ।  प्रहरीले सयौं सेल अश्रुग्याँस प्रहार गर्यो । दुवै तर्फ दर्जनौ घा’ईते भए । स्कुटीमा हिंडेकालाई प्रहरीले यसरी कुटेको थियो । भिडियो हेर्नुहोस् 

आफ्नी चेलीको मृ’त्युको पि’डामा राप्ती छटपटीएको थियो । प्रदर्शन उ’ग्र बनेपछि २ दिन सम्म कर्फ्यु लगाएर माहोल शान्त गराइएको थियो । तर प्रहरीको प्रतिवेदन सार्वजनिक भएसंगै राप्तीबासी शि’थिल भएका छन् । आफ्नै दाजु संग बिहे गर्न नपाएपछी आ’त्मह’त्या गरेको खुलेसंगै “कस्स्तो व्यक्तिको लागी सडकमा उत्रिएछ” उनीहरु आफैसंग प्रश्न गरिरहेका छन् । यस्तो ना-जायज सम्बन्धको कारण उनीहरुको मनमा चो’ट लागेको छ ।

युटुबर र अभियन्ताको दुर्गन्ध

विशेष गरि भिडियो पत्रकारको नाममा युटुब कन्टेन्ट कृयटर र स्व-घोषित अभियन्ताहरुले यो घ’टनामा प्रहरीप्रशासनले गर्नुपर्ने जति मेहेनत नगरेको कारण सुजिताको ह’त्या भएको भन्दै घ’टनालाई  निकै अति’रन्जित समेत गर्ने कोसिस गरेका थिए । चितवन राप्तीका स्थानीयको भावनामा खेल्दै उनीहरुले यो घ’टना अप’हरण-बला’त्कार-ह’त्या नै ठोकुवा गर्दै अप’राधी सार्वजनिक गर्न द’बाब दिएर अनुसन्धानमा समेत बा’धा परेको चितवनका प्रहरी प्रमुख ओम प्रसाद अधिकारीले आ’रोप् लगाएका थिए । छोरी अप’हरणमा परेपछि सुजिताको आमा संग अन्तर्वार्ता लिन पुगेका मेचीकाली खबर युटुब च्यानल चलाउने भोजराज थापाले ‘अलि मिलाई मिलाई रुन’ भनेको आ’रोप लागेको थियो ।

फलस्वरूप सुजिताको ला’स भेटिएपछी भिडियो खिच्न पुगेका भोजराजको टिमलाई स्थानीयले भिडियो खिच्न निषेध गरेर फर्काएको थियो । चितवनका कन्चन तिमल्सिना, सबिता भण्डारी लगायतको केशमा युटुबर र स्वघोषित अभियन्ताले घट’नालाई अति’रन्जित गरेर अप’राध अनुसन्धानमा बा’धा पुर्याएपछी चितवन प्रहरी प्रमुख ओम प्रसाद अधिकारी युटुबर र अभियन्ता संग रुष्ट छन् । यस्ता घ’टनामा उनीहरु गाडी चढेर आन्दोलन गर्न चितवन आएको उनको आ’रोप छ ।

स्थानीय संग परेको भोजराजको वि’वाद 

ह’त्या होईन आ’त्मह’त्या हो: प्रहरी निष्कर्ष 

दाजुले बिहे गर्न नमानेपछि सुजिताले ‘विवाह नगर्ने भए म म’र्छु’ र सचिनले “जे गर्छस् गर” भनेको दिनदेखि दाजुप्रेमी र बहिनि प्रेमिका बीच कुनै सम्पर्क नभएको कारण र अन्य प्रमाणको कारण पनि प्रहरी यो घट’ना  ह’त्या होईन आ’त्मह’त्या हो भन्ने निष्कर्षमा पुगेको छ । तर उनको प्रेमीलाई भने आ’त्मह’त्या दुरुत्साहनको मुद्दा लगाउने तयारी भईरहेको छ । उनीहरुको प्रेम सम्बन्ध नै नाजायज र गैरकानुनी हो । उनीहरुले बिहे गरेको भएतापनि उनीहरुको बिहे बदर हुने थियो, किनकि उनीहरु दाजुबहिनी थिए । दाजुबहिनी बीच कायम हुने सम्बन्ध हा’डनाता सम्बन्ध हो । मुलुकी अप’राध संहिता २०७४ मा हाडनातामा विवाह गरे पनि स्वतः बदर हुने व्यवस्था छ। आफ्नो वंशका सात पुस्तासम्मका नातामा विवाह र क’रणी (यौ’न सम्पर्क) दण्डनीय हुन्छ। अब गैरका’नुनी काम गर्न पाईंन भनेर आ’त्मह’त्या गरेको घ’टनामा दुरु’त्साहन मुद्दा आकर्षित हुन्छ या हुँदैन भन्ने कुरा अबका दिनमा खुल्दै जानेछन ।

तपाईको प्रतिक्रिया