निराजन घिमिरे,श्रावण १२, चितवन- आज श्रावण १२ गते मंगलबार साँझ ८ बजे तिर फेसबुकमा “रिप विजय शाही” भन्दै पोष्ट गरिएका फोटाहरु देखिन थाले । आफुलाई मेमोरी किंग भन्दै चर्चामा आईरहेका विजय बारे त्यस्तो पोष्ट देखेपछी धेरै जनाले त्यसलाई शेयर गर्न थाले । विजय शाही मेमोरी किंग नभएको र उनले नेपालीहरुलाई गुम’राहमा राखेको भनेर सामाजिक सं’जालमा चर्चा भईरहँदा उनि बारे ” रिप विजय” वाला पोष्ट देखेपछी धेरैले ‘पोल खुलेपछि यस्तो गरेको होला’ भन्ने पनि सोचे ।

फेसबुकमा पोष्ट भएको विजय शाहीको मृत्युको खबर

आफुलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौला पनि विजयको मृ’त्यु भएको आशय सहित फेसबुकमा पोष्ट गरेकी थिइन् । उनले लेखेकी छन्, ” विजय शाही भाईका कमि कम’जोरीहरु थिए होलान्, तर सुध्रने ठाउँ पनि त थियो ! फेसबुके न्यायधिस र युटुबेहरुले मारेरै छोडेछन् । यस्तो छ नेपाली समाज ! यँहा बाच्न धेरै गा’रो छ !”   उनको यो स्टाटस हेर्दा विजयको मृ’त्यु भएको नै बुझिन्छ, तर उनले “रिप विजय” चै लेखेकी छैनन् । तर यो पोष्ट अहिले डिलिट भईसकेको छ ।

कलरफुल नेपाल नामक युटुब च्यानल चलाउने र आफुलाई पत्रकार बताउने सुर्खेतका अभिनन्दन बस्नेतले पनि विजयको मृ’त्यु बारे यस्तो लेखेका छन् । हार्दिक श्रद्धाञ्जली मित्र, मेमोरी किङको नामले कहिले उकालो लाग्यौ कहिले ओराली। कहिले हासोको पात्र त कहिले गालीको पात्र भयो मित्र Bijay Shahi  तिमिमा talent हुदा पनि सल्लाह सुझाव कसैले दिएन? तिमिलाई पछाडि दकेल्ने काम मात्र भयो। तिम्रो बिरोद हुँदा पनि मैले एक शब्द बोल्न सकिन। तिम्रो News बनाउन सकिन र अहिले आफुलाई सम्हाल्न नसकी मनको पी’डा post मार्फत पोख्दै छु। तित्रो आ’त्माले सान्ती पायोस साथी #BijayShahi

सुर्खेतका युटुबर अभिनन्दन बस्नेतले गरेको विजयको मृ’त्यु बारेको पोष्ट

विजयले गरे ख’ण्डन 

आफै म’रेको खबर छ्याप्छ्याप्ती भएपछी “विजय शाही” नामक अर्को आईडी बाट म म’रेको छैन प्रकृतिको पोष्ट आएको छ । ” रिप विजय’ भन्दै आएका पोष्टहरु भटाभट डिलिट हुनु र म म’रेको छैन भन्दै पोष्ट आउनुले विजय सकुशल रहेको पुष्टि हुन्छ । विजयले त्यो फोटो अरु कुनै प्रयोजनको लागी खिचिएको बताएका छन् । म जिउंदै छु भन्दै विजयले यस्तो लेखेका छन्, “मेरो मृ’त्यु भएको भ्र’मक समाचार प्रशारण गर्ने कसैलाइ छोड्दिन। म जिवित नै छु। जिउदो मान्छेलाइ मा’रिदो रहेछ सामाजिक स’न्जालमा। छि!! हामी कस्तो समाजमा छौ। यो फोटो कुनै Acting को लागि लिइएको थियो।

आफुलाई ठ’ग भन्ने आ’रोप लागेपछि केहि दिन अघि विजयले यस्तो स्पष्टीकरण दिएका थिए 

नमस्कार म बिजय शाही । कोहीकसैले बास्तबिकता नबुझी अरुले अट्कल र अनुमानमा भनेको कुरालाई बिश्वास गरि मलाई बि’बादमा पार्नुभएको छ ।मैले जहाँ जे देखाए सत्य र यतार्थ थियो ।म के भन्दैछु भने मैले कोहि कसैलाई अहिलेसम्म ठगे’को छैन र कहिलै ठ’ग्ने छैन। आज मलाई अनाआवश्यक ४० -४५ लाख ठ’ग्यो भन्ने नानाथरी आ’रोप पर्त्यारोप लगाउनु भयो।यदि यो कोहि कसैले ठोस पर्माण ल्याएर सत्य साबित गर्न सक्छ भने म जुनसुकै स’जाय भोग्न तयार छु।सत्य के हो भने जम्मा १४० जनाको टिकट का’टिएको हो ।

हामी कोरोना र लकडाउनका कारण आफ्नो आवश्यक तयारी गर्न सकेनौ यसको लागि सम्बन्धित सबैमा क्षमा चाहान्छौ। अब अन्तिम तयारी हुदैछ कृपाया सबैले मेरो सम’स्या र बा’ध्यतालाई बुझ्नुहोस् ।म पक्कै दिनेछु ।यदि दिन सकिन भने सबैक‍ोपैसा फिर्ता गर्नेछु ढुक्क हुनुहोस्।यतिबेला म केही तालमेल र तादम्मेता नमिलेर केहि बि’बादमा परे तर म बिल्कुल डरा’एको छैन आशा छ समय आएपछि सब ठिक हुन्छ।

प्रहरीले खोज्दा कालिकोटमा भेटिए विजय शाही

विजय शाहीको मृ’त्यु भएको खबर सार्वजनिक भएपछि प्रहरीले खोजविन गरेको छ । त्यसक्रममा उनी कालिकोटमा भेटिएका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार शाहीबारे फेसबुकमा आएको सामग्री झु’ठो रहेको खुलेको छ ‘फेसबुकमा आएको पोष्टबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।’ कालिकोटका प्रहरी प्रमुख डीएसपी चक्रबहादुर शाहले शाही महावै गाउँपालिकास्थित घरमै आराम गरिरहेको बताए । उनले भने, ‘उहाँले आफू विरा’मी भएको बताउनु भएको छ ।’

शाही निकट व्यक्तिहरुले नै मृ’त्यु भएको भन्दै सामग्री पोष्ट गर्नुको कारणबारे पनि प्रहरीले खोजी थालेको छ । आफूलाई चर्चामा ल्याउन उनले ‘मेमोरी किङ’ भएको दा’बी गर्ने गरेका थिए । तर उनी झु’ठो भएको सार्वजनिक भएसँगै शाही काठमाडौंबाट भा’गेका थिए । उनीमाथि ठ’गीको आ’रोप लागे पनि प्रहरीमा औपचारिक उजु’री परिसकेको छैन ।

तपाईको प्रतिक्रिया