सञ्चारमन्त्रीलाई तुरून्तै बर्खास्त गरेर छानविन साझा पार्टीको माग

0
26

काठमाण्डौ ,८ फागुन । बिचौलिायासँग करोडौ मोलतोल गरेको अडियो सार्वजनिक भैसकेकोले सरकारका प्रवक्ता तथा सूचना प्रविधि तथा संचार मन्त्री गोकुल बास्कोटालाई तुरुन्त बर्खास्त गरेर छानविन गर्न साझा पार्टीले माग गरेको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा बिचौलियासँग दशौँ करोड कमिशनका लागि मोलतोल गरेको अडियो सार्वजनिक भएकोले सञ्चारमन्त्री बास्कोटालाई तुरुन्त बर्षास्त गरेर छानविन गर्न साझा पार्टीले प्रधानमन्त्री समक्ष माग गरेको हो ।

आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बारम्बार बताउँदै आएका प्रधानमन्त्री केपी ओलीकै भक्तपुरस्थित नीजि निवासमा बस्दै आएका मन्त्री बास्कोटालाई अब मन्त्री पदमा बसिरहने नैतिकता नरहेको र उनलाई प्रधानमन्त्रीले तुरुन्त बर्षास्त गर्नुपर्ने माग साझा पार्टीको छ । साझा पार्टी प्रबक्त्ता डा सूर्यराज आचार्यले आम जनताले विश्वास गरेका विशिष्ट व्यक्तित्वहरूको उच्चस्तरीय छानविन आयोग बनाएर २०४६ सालयताका सम्पूर्ण उच्चपदस्थ राजनीतिकर्मी र कर्मचारीहरूको सम्पत्ति छानविन गरि अवैध सम्पत्ति राष्ट्रियकरण गर्न र दोषीलाई हदैसम्मको कारवाही गर्न पनि माग गरेका छन । बिज्ञप्तीमा प्रबक्त्ता आर्चाले भनेका छन , अव अति भैसक्यो भ्रष्टाचारीहरू समाजका धमिरा हुन्। तिनीहरूको हालिमुहाली रहने वातावरण कायम भएसम्म जस्तोसुकै व्यवस्था भएपनि देशले प्रगति गर्न सक्दैन।,

साझा पार्टीले झण्डै दुई तिहाई बहुमत प्राप्त इतिहासकै एउटा शक्तिशाली सरकारले भ्रष्टाचारको महामारीलाई रोक्न कडाभन्दा कडा कदम चाल्न सक्ने अवसर हुँदाहुँदै ‍हर दिन आम जनताले ठूलठूला भ्रष्टाचारको समाचार पढ्न बाध्य हुनु पर्ने अवस्था नेपालीहरूको नियति बनिहरनु दुखद हो भनेको छ ।

The post सञ्चारमन्त्रीलाई तुरून्तै बर्खास्त गरेर छानविन साझा पार्टीको माग appeared first on Koshi Online.

खाद्य सुरक्षामा लापरबाही गरेपछि आबुधाबी सरकारले लगायो नेपाली होटलमा ताला

Previous articleदोलखाको प्रसिद्ध भिमेश्वर शिलामा पसिना निस्कियो,अनिष्ट हुने संकेत भन्दै पूजापाठ
Next articleसुटिङ र स्विमिङ खेलको पुर्वाधार निर्माणको काम छिट्टै सुरु हुन्छ : सदस्य–सचिव