विकासको नाममा प्रकृति दोहन रोक्नुपर्छ : पूर्वराष्ट्रपति यादव

0
33
Five cats looking around a field.

दमौली, १५ माघ । पूर्वराष्ट्रपति डा रामवरण यादवले विकासको नाममा गरिने प्रकृति दोहनलाई रोक्नुपर्ने बताएका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित ढोरबाराही मन्दिरमा बुधबार पूजाअर्चनापछि पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

विकासका नाममा जथाभावी प्रकृति दोहन गर्ने काम भएकामा दुःख व्यक्त गर्दै उनले वनजङ्गल नेपालको सम्पत्ति भएकाले वनजङ्गल जोगाउन सरकारलाई आग्रह गरे ।

विमानस्थल, राजमार्गलगायत निर्माण गर्दा वनजङ्गलको फँडानी भएको भन्दै पूर्वराष्ट्रपति यादवले भने, ‘पहाडमा जथाभावी डोजर लगाएर सडक बनाउने काम भएको छ, वैज्ञानिक अध्ययन नगरी वनजङ्गल मास्ने काम भइरहेको छ ।’

उनले चुरे संरक्षणका लागि आफूले पटक–पटक आवाज उठाउँदै आएको बताए पनि चुरे भएर राजमार्ग बनाउने तयारी भएको दुःखेसो गरे ।

उनले झापादेखि डडेल्धुरासम्म राजमार्ग बनाउने क्रममा डाँडाकाँडा भत्काउने काम भएको उल्लेख गर्दै भने, ‘वनजङ्गल काटिएको देख्दा आँखाबाट आँशु झर्छ ।’

प्रकृतिले नेपाललाई सुन्दर वरदान दिएको चर्चा गर्दै पूर्वराष्ट्रपति डा यादवले प्रकृतिको उपयोग गर्दै मुलुकलाई समृद्ध बनाउनुपर्नेमा जोड दिए ।

भूगोलका हिसाबले भारत, चीन नेपालभन्दा ठूलो भए पनि प्रकृतिका हिसाबले नेपाल संसारकै धनी देश भएको उनको भनाइ थियो । रासस

The post विकासको नाममा प्रकृति दोहन रोक्नुपर्छ : पूर्वराष्ट्रपति यादव appeared first on Koshi Online.

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0