अध्यक्ष थापाको प्रतिवेदन अनुमोदन

0
29
Five cats looking around a field.

काठमाडौं, १५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत समसामयिक राजनीतिक परिस्थिति र भावी कार्य दिशा सम्बन्धी ६ बुँदे प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

प्रतिवेदन १७ माघदेखि काठमाडौँमा बस्ने केन्द्रीय कार्यसमितिको पूर्ण बैठकमा पेश गरिने पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

महामन्त्री भास्कर भद्राद्वारा सचिवालय र आगामी कार्यक्रम सम्बन्धी प्रतिवेदन र सहायक कोषाध्यक्ष निना भेटवालद्वारा बैठकमा आर्थिक प्रतिवेदन पेश भएको थियो ।

अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा पार्टीको आगामी मुख्य कार्यक्रमका रुपमा केन्द्रीय महाधिवेशन हुने उल्लेख गरिएको छ ।

महाधिवेशनका सम्बन्धमा उपाध्यक्ष तोरणबहादुर गुरुङद्धारा पेश भएको साङ्गठनिक प्रतिवेदन परिमार्जनसहित अनुमोदन भएको छ ।

The post अध्यक्ष थापाको प्रतिवेदन अनुमोदन appeared first on Koshi Online.

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0