काँग्रेस महाधिवेशन : रत्ननगर १६ मा गोलाप्रथा बाट सभापतीमा चुनिए देव राना

0
35

काँग्रेस महाधिवेशन : रत्ननगर १६ मा गोलाप्रथा बाट सभापतीमा चुनिए देव राना

निराजन घिमिरे, भदौ २१ चितवन- नेपाली काँग्रेस रत्ननगर नगरपालिका वडा नं १६ को वडा सभापतिमा देब राना मगर  निर्वाचित भएका छन् । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज भएको वडा अधिबेशनमा सहमतीय पद्धती बाट पदीय बांडफांड टुंग्याउने प्रयास सफल हुन नसकेपछि गोलाप्रथा बाट वडा सभापति चुनिएको हो । वडा सभापतीमा नेपाली कांग्रेशका स्थानीय नेताद्वय रामचन्द्र दुवाडी र देव रानामगरको उम्मेद्वारी परेको थियो ।

समितिको उपसभापतिमा तारा बहादुर नेपाल र संजिव थापा ,सचिवमा विष्णु प्रसाद अधिकारी र कर्ण सारु,सहसचिवमा विष्णु केशी र विष्णु घिमिरे चयन भएका छन् । नवनिर्वाचित वडा सभापति रानाले आगामी निर्वाचनमा काँग्रेसको गुमेका साख फर्काउने गरी पार्टीलाई क्रियाशिल बनाएर अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।

भदौ १८ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तर्गत चितवनमा आज वडा अधिवेशन जारी छ । जिल्लाका ७ वटा स्थानीय तहको ९८ वटै वडामा अधिवेशन शुरु भएको हो  अधिवेशन सुरु भएपनि अधिकतम सहमतीको प्रयास भैरहेको नेपाली कांग्रेस चितवनले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया