काम गर्न मलेशिया र कतार गए पनि एक वर्षमै फर्किएर आ’वारा बनेर हिंडेका थिए ह’त्यारा

0
138

सङ्खुवासभा, भदौ २६ गते । सङ्खुवासभा जिल्लाको मादी नगरपालिका १ उम्लिङका कार्की परिवारको ह’त्यामा संलग्न एक जना अभि’युक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले छिमेकी २६ बर्षीय लोकबहादुर कार्कीले आफ्नै बन्धु परिवारको ह’त्या गरेको पुष्टि गर्दै पक्राउ गरेको हो । पक्राउ पर्ने कार्कीले आफैले ६ जनाको ह’त्या गरेको स्वीकारेको अनु’सन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिनुभयो । कार्कीले ब्यक्तिगत रि’सिईवीका कारण ठूलो बुवा पर्ने तेजबहादुरलाई मा’रेको स्वीकारेको प्रहरीले जनाएको छ ।

ठूलो बुवा तेजबहादुरले आफूलाई पटक पटक हे’पेर बोली ब्यावहार गरेकोले ज्यान लिएको कार्कीले स्वीकार गरेको बताईएको छ । तेजबहादुरको ह’त्या गर्ने क्रममा अरु सदस्यहरु पनि आएपछि सवैको ह’त्या गरेको उनले स्वीकारेका हुन् ।
को हुन लोकबहादुर कार्की ? २६ बर्षीय लोकबहादुर कार्कीले कक्षा ८ सम्म पढेपछि पढ्न छोडेको छिमेकी चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार घरमा पनि उत्ति काम नगर्ने कार्की मलेसिया र कतार काम गर्न गए पनि बर्षदिन नपुग्दै फर्किएर गाउँमा बस्दै आएका थिए ।

६ बर्ष अगाडि मलेसिया गए पनि १० महिनामा आफु विदेश जाँदाको ऋ’ण समेत नतिरी फर्किएको थापाको भनाई छ । त्यसको डेढ बर्षपछि पुनः बैदेशिक रोजगारीको लागि कतार पुगे नौ महिना नपुग्दै घर फर्किएको थियो । कार्की कहिले रा’ती घर बास नआउने, कहिले रा’ती घरबाट हरा’उने, गाउँका बे’कामे केटाहरुसँग बिना काम डुलिहिड्ने जस्ता ब्यावहार गर्दै आएको थापाले बताउनुभयो । ‘म’रेर जाने ठुलो बाले जस्तै मैले पनि सम्झाउथे, क’राउँथे यहि पारा हो भने त मेरो पनि ज्यान जो’खिममा रहेछ’, थापाले भन्नुभयो ।

गत चैत २६ गते आमा बितेपछि बुवा र भाई सहित तीन जनाको परिवारमा लोकबहादुर बस्दै आएका थिए । ह’त्या गरिएको तेजबहादुरको घरमा उनको आमा बे’होस भएपछि उप’चारको क्रममा झापामा मृ’त्यू भएको थियो । उनको आमाको मृ’त्युको कारण पनि तेजबहादुर नै भएको लोकबहादुरले आ’रोप लगाउदै आएको छिमेकीहरुले बताउने गरेका छन् । लोकबहादुरले उनका हजुरआमा ८४ वर्षीय पार्वता, ५८ वर्षी ठुलो बुवा तेजबहादुर, ५२ वर्षी ठुली आमा कमला, भाउजु ३२ वर्षीय रञ्जना, ११ वर्षीय भतिज दीपेन र ७ बर्षीय भतिजेनी गोमा कार्कीको ह’त्या गरेको थियो ।

ह’त्याको खबर छिमेकीलाई लोकबहादुरले नै दिएको थियो । लोकबहादुरको घरमा र’गत लागेको कपडा र ह’त्यामा प्रयोग गरिएको जस्तो देखिने हति’यारहरु प्रहरीले फेला पारेपछि उनलाई केन्द्रविन्दुमा राखेर अनु’सन्धान गरेको थियो । घ’टनाको बिवरण र संलग्नलाई भोली (आईतबार) प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने बताएको छ । गोरखापत्रमा खबर छ

तपाईको प्रतिक्रिया