रडले टाउकोमा हा’नेर चितवनमा एकजनाको ह’त्या: आरोपीलाई पक्रन खोज्दा प्रहरीमाथि आ’क्रमण, सात घा’इते

0
32

रडले टाउकोमा हा’नेर चितवनमा एकजनाको ह’त्या: आ’रोपीलाई पक्रन खोज्दा प्रहरीमाथि आ’क्रमण, सात घा’इते

चितवन । पुर्वी चितवनको राप्ती नगरपालिका ९ सितलटोलमा प्रहरी र स्थानीय बीच झ’डप भएको छ । गएराती साँढे नौ बजेको समयमा स्थानीय ५० बर्षीया दशरथ मल्लले फलामको गलले हि’र्काइ सोही ठाउँ बस्ने ५९ बर्षिया कान्छा लामाको ह’त्या गरेपछि अभियुक्तलाई नियन्त्रणमा लिन घ’ट्नास्थल पुगेको ईलाका प्रहरी कार्यालय भण्डाराको टोलीलाई अ’वरोध सृजना ख’डा गर्दै ढुं’गामुढा गरेपछि स्थानीय र प्रहरीबीच झ’डप भएको थियो ।

स्थानीयसँग भएको झ’डपमा परी जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक स्याम बस्नेत, ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक रोशन खड्का घा’इते भएका छन् । त्यस्तै, दं’गा प्रहरी नियन्त्रण गण दरबन्दी भई जिल्ला प्रहरी कार्यालय चितवनमा थप टोली आएका प्रहरी जवान अनिल बिक, प्रहरी जवान निकेश प्रजा, प्रहरी हवल्दार टेकेन्द्र राना समेत घा’इते भएका छन् ।

स्थानीयका तर्फबाट कुस्मा पुन र कुशल पुन समेत घा’इते छन् । घा’इते भएका प्रहरी निरीक्षक खड्काको आँखामा गहिरो चो’ट लागेको छ भने, बिकको दाँत भाँ’चिएको छ । उनीहरूको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घट’नास्थलबाट श’वसँगै ह’त्या आरो’पीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीय बीच झ’डप भएको हो ।

स्थानीयले पक्राउ परेका व्यक्तिमाथि आ’क्रमण गर्न खोजेपछि प्रहरीसँग झ’डप भएको थियो । भी’ड नियन्त्रण गर्न प्रहरीले हवाई फा’यरसमेत गर्नुपरेको थियो । मृ’तकको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ । रातभर तना’वग्रस्त भएको त्यहाँको अवस्था अहिले सामान्य हुँदै गएको छ ।

तपाईको प्रतिक्रिया