मृ’त आत्माको शान्तीको लागी विदेशमा छोरो मा’रिएकै ठाउँमा पुगेर सागरका पिताले गरे श्रा’द्ध

0
33

चार महिनाअघि अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर क्षेत्रमा एका विहानै बन्दु’कधारी व्यक्तिद्वारा अन्धा’धुन्ध गो’ली प्रहार गर्ने क्रममा मा’रिएका आफ्ना छोराको मोक्ष प्राप्तिका लागि उनी मा’रिएकै स्थानमा पुगेर उनका पिताले श्रा’द्ध गरेका छन्। हिन्दू नारीहरुको चाड तीजको ऋषि पञ्चमीका दिन नेपालको संखुवासभा जिल्लाको खांदबारी अस्पतालमा जन्मिएका सागर घिमिरेको पञ्चमासिक श्राद्ध त्यही ऋषि पञ्चमीकै दिन सेप्टेम्बर ११ तारिकमा उनका पिता जगतविक्रम घिमिरे र आफन्तहरुले उनी मारि’एको ठाउँमै पुगेर सम्पन्न गरेका छन्।

मे ८ तारिक, २०२१ को दिन एकाविहानै साढे ६ बजेको आसपासमा ५६ बर्षजतिका एभरटन ब्राउन भन्ने व्यक्तिले अन्धाधु’न्ध गो’ली प्रहार गरेर बाल्टिमोरको उडलन कम्प्लेक्स क्षेत्रमा चारजनाको ह’त्या गरेका थिए। तिनै चारजनामध्येमा एक परेका थिए सागर घिमिरे । “आफ्ना छोराको जहाँ रग’त बगेको हो त्यही ठाउँमा आएर आज ५ महिनाको मासिक श्राद्ध कर्म गरेको छु”, सागरका पिता जगतविक्रमले भने, “र’गत भिजेको ठाउँमा आएर वैदिक परम्पराअनुसार मेरो छोरोको स्व’र्गको वासको कामना गरेँ। तर, अमेरिकी सरकार र प्रशासनसमक्ष मेरा धेरै प्रश्न छन् र अनुरोध छ अव आइन्दा कुनै पनि व्यक्तिले मेरो छोरोको जस्तो नि’यति भोग्न नपरोस्।”

चारजनाको ह’त्यापछि स्थानीय प्रहरीद्वारा मारि’एका ब्राउनलाई पछि मा’नसिक रो’गी भएको भनिएको थियो। ब्राउनले आफ्नै घरमा आ’गो लगाई छिमेक तिर स्वचालित ह’तियारले अन्धा’धुन्ध गो’ली प्रहार गरेका थिए। सो घ’टनामा परी मृ’त्यु भएका घिमिरे उडलन कम्प्लेक्समा एकजना नेपालीको घरमा डेला लिई एकहप्ताअघि मात्र सरेका थिए। एकाविहानै बड्याङबुडुङको आवाजले शुरुमा भूई’चालो आयो भनेर घरबाट निस्किएका २४ बर्षिय घिमिरेलाई घर अगाडिको पार्किंगस्थलमा गो’ली लागेको र उनको त्यहीं मृ’त्यु भएको थियो। घिमिरेसँगै बस्दै आएका अर्का एक नेपाली युवालाई पनि गो’ली लागेको थियो तर उनी भने बाँच्न सफल भएका थिए।

“मृ’त आत्माले विधिपूर्वक संस्कार पाएन भने उसको आ’त्मा घुमि नै रहन्छ भन्ने मैंले महसुस गरेको छु” पिता जगतविक्रमले मारि’एकै स्थानमा आएर श्राद्ध तर्पण गर्नुको कारण खुलाउंदै भने, “उसलाई यहाँ श्रद्धाञ्जली अर्पण गरेपछि उसको आत्माको शान्तिको कामना विधिपूर्वक गरेपछि आफूले पनि शान्ति महसुस गरेको छु।” साउथ क्यारोलिनाको एउटा विश्वविद्यालयबाट उच्च अंकसहित ग्रजुयेट भएको केही दिनमा सागर र उनका साथी बाल्टिमोर आएका थिए। नेपालमा रहँदा पनि मेधावी विद्यार्थी रहेका सागर युथ एसियाको टप सेभेन डिबेटर थिए भने तत्कालीन राष्टपति डा.रामबरण यादवको हातबाट दुई वटा स्वर्णपदक पनि प्राप्त गरेका थिए।

आफ्नो छोरोको पार्थिव शरीर त उनले देख्न पाएनन्। घट’नाको समयमा कोरो’नाको महा’मारी पनि उत्तिकै थियो र दुबैतिर लक’डा’उनको स्थिति पनि थियो। सागरको ह’त्यापछि पोष्ट’मार्ट’मको प्रक्रिया र अन्तिम संस्कारको प्रक्रियासमेत पूरा गर्न झण्डै १ महिना लागेको थियो। “एक महिनासम्म उसको आ’त्मा वाकसमा रह्यो त्यो झन् दु’खदायी थियो।

पा’र्थिव शरीर छुन नपाए पनि आज घट’नास्थलमै आएर विधिपूर्वक श्राद्ध गरेको छु अव उसको अस्तुलाई आर्यघाटमा लगेर जला’उने र सेलाउने इच्छा छ, सागरका पिताले भने, “सागर स्मृति कोष खोल्ने भित्री इच्छा छ हेरौं के हुन्छ।” मा’नसिक रो’गी भनिएका ह’त्याराको हातमा स्वचालित बन्दु’क कसरी पुग्यो? यसमा कमी कम’जोरी कस्को हो? मान’सिक रो’गी थियो भने घ’टना घट्नु अघि ह’तियार भए नभएको किन निग’रानी गरिएन? जस्ता थुप्रै प्रश्नहरु अमेरिकी सरकार र प्रशासनसमक्ष गर्न उनलाई मन लागेको छ। आफूले मात्र होइन नेपाल देशले मात्र होइन, पूरै विश्वले एउटा अत्यन्त प्रतिभाशाली युवा गुमा’एको अवस्थामा अव यस्ता दर्द’नाक घ’टनाहरु अरु नदोहोरिउन् भन्नका लागि उनले अमेरिकी सरकारसँग यी प्रश्नहरु राख्न चाहेको बताएका छन्।

तपाईको प्रतिक्रिया