‘मेरो घरको ख्याल राख्नु’ भन्दै पेस्तोल बोकेर प्रदर्शनकारीमाथि जाइ लागे रामभक्त

0
244
Five cats looking around a field.

भारत सरकारले हालै ल्याएको नागरिकता कानुनविरुद्ध प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि रामभक्तले ‘यो लिउ स्वतन्त्रता’ भन्दै गोली चलाएका थिए।

प्रहरीकै अगाडि उनले प्रदर्शनकारीमाथि गोल चलाएका थिए। यस घटनाको भिडियो पनि सार्वजनिक भएको छ।

उनले प्रहार गरेको गोली लागेर एक व्यक्ति घाइते भएको जनाइएको छ। सदाब नामका विद्यार्थी घाइते भएको र उनको इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ।

एक प्रत्यक्षदर्शी नाजिम क्याजीका अनुसार बन्दुकधारीले ‘दिल्ली प्रहरी जिन्दावाद’ भन्दै चलाएका थिए।

प्रदर्शनकारीमाथि गोली हान्ने ती व्यक्तिलाई यतिबेला प्रहरीले नियन्त्रणमा लिएको छ।

रामभक्तले प्रदर्शनकारीमाथि गोली चलाउन अगाडि ४, ५ वटा उत्तेजक पोस्टहरु गरेको द प्रिन्टले जनाएको छ।

राम भक्तले यसरी चलाए गोली

उनले ‘गेरु रङमा मेरो अन्तिम यात्रा होस् र जय श्री रामको नारा लागोस्’ भनेका छन्। यस्तै उनको अर्को पोस्टमा ‘म यहाँ एक्लै हिन्दु छु’ भनेका छन्। उनले प्रदर्शनकारीमाथि गोली चलाउन अगाडि ‘मेरो घरको ख्याल राख्नु र साहिन बाग खेल खत्तम’ भनेका छन्।

उनको पोस्टहरु हेर्दा उनी बदला लिने हिसाबले प्रदर्शनकारीहरुविरुद्ध होमिएको देखिन्छ। हालै भारत सरकारले ल्याएको नागरिकता कानुन भारतमा मुसलमान विरोधी भएको भन्दै मुसलमान समुदायले त्यहाँ विरोध गरिरहेका छन्।

उनले एक कमेन्टमा ‘चन्दन भाई यो बदला तिम्रो लागि हो’ भनेका छन्।

चन्दन भन्ने व्यक्ति सन् २०१८ २६ जनवरीमा मुसलमान बाहुल क्षेत्रमा कुटपिटपछि मारिएका थिए। भाजपाको विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा उक्त घटना भएको थियो।

रामभक्तले मुसलमानलाई घृणको दृष्टिले हेर्ने गरेको पाइएको छ।

नागरिकता कानुनको चर्को विरोध भइरहँदा रामभक्त भने सरकारको पक्षमा कठोर रुपमा उभिएका हुन्। साहिन बाग नजिकैको प्रदर्शनमा रामभक्तले गोली चलाएका हुन्।

भारतको संसदले गैरकानुनी रूपमा अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट आउने गैरमुस्लिम आप्रवासीहरूलाई नागरिकता दिने प्रावधान भएको नागरिकता विधेयक पारित गरेपछि भारतमा विवाद मच्चिएको हो।

छिमेकी देश बाङ्ग्लादेश र अन्यदेशबाट आउने आप्रवासीको चेपुवामा आफूहरू पर्ने भन्दै यतिबेला स्थानीयले बिरोध जनाइरहेका छन्। अर्कातिर भारतले गैरमुस्लिमलाई मात्र नागरिकता दिन लागेको उल्लेख गरेपछि उक्त कानुन मुसलमान विरोधी भएको भन्दै भारतका मुसलमानहरु आन्दोलित भएका छन्। एजेन्सी

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0