वकिलं नै ठगि धन्दामा उत्रेपछि कसको विश्वास गर्ने? चितवनका वकिलले गरे यस्तो हर्कत

0
174

वकिलं नै ठगि धन्दामा उत्रेपछि कसको विश्वास गर्ने? चितवनका वकिलले गरे यस्तो हर्कत

उज्यालो नेपाल, असोज १२- वकिल पेशा समाजमा निकै मर्यादित र ईज्जतादार पेशा हो । समाजमा भईरहेका गलत कार्य गर्नेलाई कानुन अनुसार न्याय अन्याय छुट्याएर अन्याय गर्नेलाई कारबाहीको दायरामा ल्याउनु वकिलको मूल धर्म हो । लामो समयको अध्ययन र कडा मेहेनत पछी मात्र कुनै व्यक्ति वकिल बन्छ  । यो पेशाको गरिमा नै छुट्टै छ । तर कुनै वकिल नै ठगी  गर्न लागिपरेपछी वकिल पेशाको मर्यादाको धज्जी उडेको छ ।

आफै मुद्द्दा लेखेर मुद्दामा प्रतिवादी बनाएका व्यक्ति संग सेटिंग मिलाईदिन्छु भन्दै रकम माग गरेको आरोपमा चितवन पदमपुरका एक वकिललाई चितवन प्रहरीले गिरफ्तार गरेको छ । कालिका नगरपालिका वडा नं ५ पदमपुर बस्ने बर्ष ५० को कानुन व्यवसायी रामचन्द्र देवकोटा पक्राउ परेका हुन् ।

उनले आफैले नागरिकताको विषयमा जाहेरी दरखास्त लेखि दिई जाहेरीमा प्रतिवादीको रुपमा उल्लेख गरिएका व्यक्तिसंग पटक पटक फोन सम्पर्क गरी तपाईको नाममा जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दरखास्त परेको छ, उक्त जाहेरी दरखास्त दर्ता नगराई मुद्दा मिलाई दिन्छु भनि रकम माग गरेका थिए ।

उक्त सुचनाको आधारमा काननु व्यवसायी रामचन्द्र देवकोटालाई सोमबार नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धानको क्रममा उनले प्रतिवादीको रुपमा उल्लेख गरिएका व्यक्तिसंग पटक- पटक फोन सम्पर्क गरि रकम माग गरेको देखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । देबकोटा बिरुद्ध ठगी उद्योगमा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया