कतारमा कस्ता कस्ता ईलि’गललाई छ वैधानिक बन्ने अवसर ?

0
571

दोहा- नेपालीहरुको प्रमुख श्रम गन्तब्य रहेको कतारले अवै’धानिक रुपमा बसेका नेपालीसहित विदेशी कामदारलाई आफ्नो अबैध आवासीय स्थिति सच्याउने अवसर दिएको छ । कतारको आन्तरिक मन्त्रालयले बिशेष अवसरलाई आप्रबासी कामदारहरूकै मातृभाषामा अनुवाद गरी दिएको समयसीमा भित्रै वैधानिक बन्न सचेत पार्न प्रचार प्रसार गरिरहेको छ । जसमा नेपाली भाषामा पनि मन्त्रालयले एक सूचना जारी गरेको छ ।

मन्त्रालयले नेपाली भाषामा जारी गरेको सूचना अनुसार कानुन उ’लङ्घन गरेका सबै आप्रबासी वा रोजगारदाता/प्रयोजकहरुलाई सर्च एन्ड फलो अप डिपार्टमेन्टमा वा उम सलाल, उम सुनैम, मेसाइमिर, अल वक्रा र अल रयान सर्भिस सेन्टरमा गई आवेदन पेश गरी स’जाय तथा जरि’वाना बिनै माफीको सुविधा लिन आग्रह गरेको छ । माथि उल्लेखित स्थानहरु दिउँसो १ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ला रहने मन्त्रालयले जनाएको छ । तीन प्रकारका कानुन उ’लङ्घन गरेकालाई वैधानिक बन्ने अवसर दिएको हो ।

  • आवास नियम उ’ल्लघंन गरेका आप्रवासी
  • कार्य (वोर्किंङ भिसा) नियम उ’ल्लघंन गरेका आप्रवासी
  • पारिवारिक भ्रमणसम्बन्धी नियम उ’ल्लघंन गरेका आप्रवासी

उल्लेखित नियम उल्लघंन गरेका रोजगारदाताहरु वा आप्रवासी नागरिकलाई यो घोषणामा उल्लेख गरिएको अवधिमा तोकिएको निकायमा गई आफ्नो कानुनी हैसियत संशोधन गरी लाभान्वित र कानुनी कारबाहीबाट बँच्न मन्त्रालयले आग्रह गरेको छ । यो प्रक्रिया आज शुरु भएर डिसेम्बर ३१ सम्म जारी रहनेछ । कतार सरकारको यो निर्देशन २०१५ को कानून नं ​​२१ को प्रावधान अन्तर्गत आप्रवासीहरुको बसाई तथा बाहिरिने नियम अन्तर्गत जारी गरिएको जनाएको छ ।

कतार सरकारले आममाफी दिने निणर्य गरेसंगै यहाँ गैर’कानुनी रुपमा बसेका थुप्रै नेपाली कामदारहरु लाभान्वित हुने अपेक्षा गरिएको छ भने अहिलेसम्म यस प्रक्रिया बारे दोहास्थित नेपाली दूतावासले केहि सूचना जारी गरेको छैन् । दूतावासका अनुसार कतारमा अहिले ३ लाख १२ हजार ६५० नेपाली वैधानिक रुपमा कार्यरत छन्। जसममा ११ हजार ९० जना महिला पनि कार्यरत छन् । (खबरहब बाट)

यस्तो छ मन्त्रालयले नेपाली भाषामा जारी गरेको सूचना

तपाईको प्रतिक्रिया