दु:खद खबर: दशैँको मुखमा मुगुमा बस दुर्घटना, कम्तीमा ३२ को मृ’त्यु

0
128

दु:खद खबर: दशैँको मुखमा मुगुमा बस दुर्घटना, कम्तीमा ३२ को मृ’त्यु

२६ असोज, सुर्खेत । मुगुमा भएको बस दुर्घ’टनामा मृ’त्यु हुनेको संख्या ३२ पुगेको छ। २४ जनाको घट’नास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रममा र ४ जनाको उपचारका लागि नेपालगञ्‍ज पुर्‍याएपछि मृ’त्‍यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए । उनका अनुसार दुर्घ’टना ग’म्भीर घा’इते भएका चारजना उपचारका क्रममा बाँकेको नेपालगन्ज मृ’त्यु भएपछि मृतकको संख्या ३२ पुगेको हो । उपचारको लागि पठाइएका १६ जना घाइतेमध्येबाट चार जनाको मृ’त्यु भएको उनले बताए।

‘२४ जना घट’नास्थलमा र अरू थप चार जनालाई एयरपोर्ट पुर्‍याउँदैमा मृ’त्यु भयो। बाँकी घाइते १६ जनालाई हामीले नेपालगञ्ज र कोहलपुर पठाएका थियौं । थप चार जनाको उपचारको क्रममा मृ’त्यु भएको खबर आएको छ,’ उनले भने । घट’नास्थलमा मृ’त्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन् । नेपालगञ्जमा अहिले १२ जनाको उपचार भइरहेको प्रहिले जनाएको छ । ३ जना गाडीबाट हाम फालेको र २ जना दुर्घ’टना हुनुभन्दा केही समय अघि ओर्लिएको प्रहरीले बताएको छ ।

नेपालबाट सुर्खेत हुँदै मुगुका लागि गएको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पौने २ बजेतिर दुर्घ’टनामा परेको थियो । प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले चालक दलबहादुर रावलको मात्र सनाखत भएको बताए । प्रहरीले चालकको सिटमुनिको टायर पञ्चर भई दुर्घ’टना भएको हुनसक्ने अनुमान गरेको छ । यद्यपि दुर्घ’टनाको कारण थप अनुसन्धानबाट मात्र यकिन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बस सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । नेपालगञ्जबाट सोमबार छुटेको उक्त बसमा ४५ यात्रु सवार थिए । घाइतेलाई सुर्खेत बेस क्याम्पमा रहेको नेपालीको सेनाको हेलिकप्टर र समिट एअर विमानमार्फत नेपालगञ्ज पुर्‍याइएको थियो । मृ’तक मुगुको गमगढी, छायाँनाथ रारा नगरपालिका क्षेत्रकै बढी रहेको बताइएको छ । दुर्घ’टनालगत्तै मुगुबाट प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतसहित सुरक्षा निकायका प्रमुख उद्धारका लागि खटिएका थिए ।

तपाईको प्रतिक्रिया