केपी ओलीलाई राजपाले दियो मुखभरी जवाफ !

0
150
Five cats looking around a field.

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग सम्बन्ध बढाउन अनेक प्रलोभन देखाइरहेका बेला अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवले मुखभरी जवाफ दिएका छन् ।

ओली सरकारका प्रवक्ता गोकुल बास्कोटाले सार्वजनिक रुपमा राजपा सरकारमा आए मन्त्री पद छाड्न तयार रहेको घोषणा गरेर र अन्य विभिन्न चर्चामा राजपा सरकारसँग नजिक रहेको प्रचारबाजी भइरहेका बेला संयोजक यादवले मुखभरी जवाफ दिएका छन् ।

राजपाले उपसभामुखमा दाबी नै नगरेको बेला नेकपाले उपसभामुख दिने कुरा नै नहुने उनले बताएका छन् । रिपोर्टर्स क्लबको साक्षात्कारमा बिहीबार संयोजक यादवले राजपाले नेकपासँग उपसभामुख नमागेपनि दिन खोजेको बताएका छन् ।

‘उपसभामुख हाम्रो पार्टीलाई देउ भनेर मागेका छैनौं । यो सरकारले हामीलाई उपसभामुख किन दिन चाहेको छ ?’ उनले सोधे ।

मधेश आन्दोलनका शहीदका सपना साकार पार्नका लागि र माग पूरा गराउनको लागि आफूहरू तत्काल कुनै पनि पदमा नजाने उनले बताएका छन् । समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि नेकपाले राजपालाई फकाउने रणनीति लिएको छ ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0