इनरुवा / उद्योग वाणिज्य संघ इनरुवाले मुखपत्रका रुपमा त्रैमासिक बुलेटिन इनरुवा सन्देश प्रकाशन आरम्भ गरेको छ । उवासंघ इनरुवाले पहिलो पटक प्रकाशन आरम्भ गरेको त्रैमासिक बुलेटिनको आज इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले विमोचन गरेका हुन् । मेहताले उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित औपचारिक कार्यक्रमका बिच बुलेटिनको विमोचन गरेका हुन् । उवासंघको मुखपत्रका रुपमा प्रकाशन थालनी गरिएको रंगिन बुलेटिन इनरुवा सन्देशले उपभोक्ताका साथै व्यापार र व्यापारीका समस्या, गुनासा र समाधानका विषयवस्तुलाई स्थान दिने बताइएको छ ।
उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्र साहका अनुसार बुलेटिनले स्थानीय बजार र व्यवसायको प्रर्वद्धनका मुद्दालाई उठान गर्नुका साथै सरोकारवाला सँगको सहमति र सहकार्यलाई जोड दिने छ । विमोचन कार्यक्रममा बोल्दै नगर प्रमुख राजन मेहताले उद्योग वाणिज्य संघ इनरुवाको नयाँ कार्य समितिले एकपछि अर्को उदाहरणीय कार्यको थालनी गर्दै आएको बताए । मेहताले आम उपभोक्ता, व्यापार र व्यवसायलाई लक्षित गरि थालिएको बुलेटिन प्रकाशनमा आफ्नो समेत साथ र सहयोग रहने बताए । उनले इनरुवाको बजार, व्यवसायको विस्तार र विकासका लागि नगरपालिकाले सकेको सहयोग उपलब्ध गराउने विश्वास समेत दिलाए ।

इनरुवा सन्देश प्रकाशन समितिको संयोजकमा सुरेन्द्रकुमार साह रहेका छन् । त्यसैगरी सदस्यहरुमा रितादेवी साह, रामकुमार मेहता, सिताराम पाठक, बुधनारायण मेहता रहेका छन् । उद्योग वाणिज्य संघ इनरुवा प्रकाशक रहेको त्रैमासिक बुलेटिनको प्रमुख सल्लाहकारमा संघका अध्यक्ष वीरेन्द्र साह स्वयं छन् भने सल्लाहकारहरुमा गिरिराज अटल, रोशनकुमार खड्का र रमेश कुमार श्रेष्ठ रहेका छन् ।

The post उवासंघ इनरुवाको त्रैमासिक बुलेटिन प्रकाशन appeared first on Purbeli News.