QR Code सहितको भ्याक्सिन सर्टिफिकेट लिगेपछी मात्र विदेश जाने टिकट काट्न स्वास्थ्य मन्त्रालयको अनुरोध

0
203

उज्यालो नेपाल- अहिले विदेश जानको लागी कोरोना विरुद्धको भ्याक्सिन लगाएको QR Code सहितको विधुतीय प्रमाणपत्र अनिवार्य छ । यस्तो प्रमाणपत्र आफैले घर बाट नै निकाल्न सकिन्छ । यसको लागी तपाईले आफ्नो मोबाईल वा कम्प्युटर मार्फत अनलाईन आवेदन दिनपर्ने हुन्छ । अनलाईन फारम भए पनि यो फारम भर्न भने केहि झन्झटिलो छ । किनभने तपाईले पहिला एउटा फारम डाउनलोड गरेर त्यसलाई कलमले भरेर औठाछाप लगाएर फेरी अपलोड गर्नुपर्ने हुन्छ  । त्यसको लागी तपाई प्रिन्टर भएको ठाउँ सम्म पुग्नु पर्छ ।

अनलाइनमार्फत फारम भर्नका लागि सबैभन्दा पहिले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको यो वेबसाईट मा जानुपर्छ । आवेदन दिँदा चार वटा कागजात अनिवार्य रूपमा चाहिन्छ । नागरिकता वाअन्य परिचयपत्र, पासपोर्ट साइजको फोटो, कबुलियतनामा र खोप कार्ड अनलाइनबाटै अपलोड गर्नुपर्छ । कबुलियतनामा फारम वेबसाइटमै उपलब्ध हुन्छ । त्यसैले तपाईले नागरिकताको र  खोप कार्डको फोटो खिचेर वा स्क्यान गरेर तयार राख्नुपर्छ ।

त्यसैगरी तपाई संग तपाइको पासपोर्ट साईजको फोटो पनि हुनुपर्छ अपलोड गर्नको लागी ! त्यस्तै तपाईले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको यो वेबसाईट बाट कबुलियतनामा फारम पनि डाउनलोड गरेर भरेर त्यसको फोटो खिच्ने वा स्क्यान गरेर तयार राख्नुपर्छ । त्यसपछि तपाईले यो वेबसाईट मा गएर अनलाईन आवेदन दिनुपर्ने हुन्छ । कबुलियतनामा फारम डाउनलोड गर्न यँहा क्लिक गर्नुहोला ।

यो वेबसाईट मा गएर आफ्ना सम्पूर्ण व्यक्तिगत विवरण भर्नुहोस् ।  जस्तै नाम थर, ठेगाना, मोबाईल नम्बर, ईमेल, नागरिकता वा पासपोर्टको विवरण, पेशा, जातजाती, हालको स्वास्थ्य अवस्था, खोपको विवरण लगायत सम्पूर्ण विवरणहरु ठिक संग भर्नुहोस् । त्यसपछि तपाईले डकुमेन्टहरु अपलोड गर्नुपर्ने हुन्छ ।  ठुलो साईजको फोटो अपलोड गर्न नमिल्ने हुनाले तपाईले डकुमेन्ट अपलोड गर्दा तल फोटोमा देखाइए जस्तै ईरर आउन सक्छ ।

यो भनेको तपाईको फोटो को साईज ठुलो भयो, २५० kb भन्दा ठुलो फाईल अपलोड गर्न सकिदैन भनेको हो ! यसको लागी तपाइले यँहा क्लिक गरेर देखाईएका कुनै साईटमा गएर आफ्नो फाईल साईज घटाउन सक्नुहुनेछ वा युटुबमा गएर फोटोको साईज कसरी घटाउने भनेर सिक्न पनि सक्नुहुन्छ । सबै डकुमेन्टसहित फाराम भरिसक्नुभएपछि अब पेश गर्नुहोस् लेखिएको ठाउँमा थिच्नुस्। तपाईँले एउटा रजिस्ट्रेसन नम्बर पाउनुहुनेछ। त्यो नम्बरलाई सुरक्षित राख्नुहोस्। पछि आफ्नो निवेदनको स्थिति के छ भन्ने थाहा पाउन यही नम्बर राखेर यहाँबाट खोज्न सकिन्छ। सर्टिफिकेट तयार भयो भएन यहाँ क्लिक गरी आफ्नो विवरण भरेर पिडिएफमा सर्टिफिकेट डाउनलोड गर्न सक्नुहुन्छ।

आवेदन भरिसकेपछि तपाईँको आवेदन २४ देखि ४८ घण्टामा स्वीकृति अस्वीकृति हुन्छ । आवेदन स्वीकृति भएमा प्रमाणपत्र डाउनलोड गरी प्रिन्ट गर्न सकिन्छ । आवेदन अस्वीकृति भएमा विवरण सच्चाएर फेरि पेस गर्न सकिन्छ । आवेदन दिएको धेरै दिनसम्म पनि प्रमाणपत्र नआएमा वा अन्य सूचनाको लागि आफ्नो स्थायी ठेगाना भएको पालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न सकिन्छ । विद्युतीय माध्यमबाट प्राप्त खोप प्रमाणपत्रमा कुनै पनि किसिमको छाप वा हस्ताक्षर आवश्यक पर्दैन । प्रमाणपत्र प्राप्त गरेपछि मात्र विदेश जाने टिकट किन्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

 

 

 

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0