साउदीको एअरपोर्टमा बंगालीले यसरी लुट्यो मेरो २ सय रियाल

0
884

निराजन घिमिरे, १४ नोवेम्वर – सन् २०१६ को मई २० तारिकमा म साउदी पुगेको थिए । साउदीको अल बवानी कम्पनीमा डकुमेन्ट कन्ट्रोलरको काम गर्नको लागी म त्याँहा पुगेको थिए । सुरुमा त साउदीको कानुन निकै कडा छ रे भनेको सुनेर निकै डर पनि लाग्यो । पहिला मलेशिया ३ वर्ष बसेर साउदी छिरेको म साउदीको हावापानी, रहनसहन, कानुन लगायत सम्पूर्ण कुरामा अन्जान थिए । साउदीको एअरपोर्टमा त ” झुक्याएर अर्कै मान्छेले लैजान्छ रे, मरुभुमीमा भेडा चराउन लैजान्छ रे” लगायत कुरा नेपालमा निकै सुनिन्थ्यो ।

एअरपोर्टमा निकै डर पनि लाग्यो । हामीलाई लिन ईन्डियन आएको रहेछ, त्यसैले अलि ढुक्क भैयो । कम्पनीमा पुगेर राम्रै संग काममा पनि लागियो । रियादको किंग अबदुल्ला फईनान्न्सियल डिस्ट्रिक्ट (KAFD) मा बन्दै गरेका सयौ भवन मध्ये हाम्रो कम्पनीले २ वटा भवन बनाउने ठेक्क्का पाएको रहेछ । मेरो डकुमेन्ट कन्ट्रोलर ड्युटी पनि त्यँही सुरु भयो। फिलिपिनो ईन्जिनियरहरु संग बसेर काम गर्नु पर्ने, बसाई चै रियादको बथा नजिकै सुमेसी भन्ने ठाउँमा थियो ।

kafd saudi

 

साउदीको बसाई खासै रुचिरहेको थिएन । रम्बल ( बालुवा ) उडेर कुहिरो लागेको जस्तै हुने । एसी लगाएर चिसो रुममा सुत्दा भोली बिहान मरिरहेको हुन्छु कि जस्तो पनि लाग्ने । तुरुन्त घर फर्किन नखोजेको पनि हैन, कम्पनीले ५ हजार रियाल तिरेर जा भनेपछि सम्झौता अनुसारको २ वर्ष नबसी सुख पाईएन । एसी नलगाई बस्न नसकिने । मेलामा लगेको गोरु जस्तै जिन्दगी । उठ्यो डिउटी गयो आयो पकायो खायो, भोली फेरी उही दैनिकी । सारो पट्यार लाग्ने । बिदाको दिन घुम्न जाउँ भने कता जानु ? बाहिर एकैचोटी ३ ओटा सुर्य उदाए जस्तै घाम चर्केको छ । यस्तै  दिन गुजार्दै बल्ल बल्ल २ वर्ष विते ।

जसो तसो घर फर्कने दिन आयो । सपिंग गरेर लगेज तयार गरें । फ्लाई दुबईको टिकट थियो । ३० केजी लगेज र ७ केजी ह्याण्डब्याग लैजान पाईने । सामान हाल्दा दाल्दै ह्याण्ड ब्याग १४/१५ किलोको बन्यो । एअरपोर्टमा छिरेपछि लगेज जोख्ने ठाउँमा पुगियो, लगेज रुममै जोखेर ल्याएको थिए, कुनै समस्या परेन । ह्याण्डब्याग चै अलिक भारी भएकोले समस्या पर्नेमा चिन्तित थिए । बोर्डिंग गर्ने बेला आयो । ह्याण्डब्याग  कसरी छिराउने भन्नेमा चिन्तित थिए ।

बोर्डिंग पास लिएर भित्र छिर्न लागेको थिए । ढोकामा बसेको फ्लाई दुबईको कर्मचारीले रोक्यो । झोला ठुलो छ घटाएर लेउ भन्न थाल्यो । म संग ह्याण्डब्याग बाहेक एउटा ल्यापटप र क्यामेरा ब्याग पनि थिए । मेरो झोला तुम्बा देखेर त्यो मान्छे तर्सियो । त्यो बंगाली नागरिक रहेछ । सबै सामान उत्तिकै महत्वपूर्ण छ के फाल्नु के लानु ? बडो समस्यामा परियो । केहि कपडा र चकलेट फाल्ने तयारी गरें । त्यो देखेर त्यहि काम गर्ने क्लिनर बंगालीले आएर दुई सय रियाल दिए छिराईदिने कुरा गर्यो । घुस मागेको देखेर रिस उठ्यो, तर अर्काको देश, के नै गर्न सकिन्थ्यो र ?

मैले घुस नदिने निर्णय लिए । एकजोर कपडा र एक किलो जति खजुर डस्टबिनमा हालेर गए । ढोकामा बसेको बंगालीले ब्याग  लगेर जोख्यो । अझै १३.५ केजी छ । मलाई तनाब भयो । अब फाल्ने सामा पनि थिएन । पैसा तिरौ भने मैले घर पुग्ने भाडा राखेर बाँकी पैसा घरमा आईएमि गरिसकेको थिएँ । मेरो खल्तीमा जम्मा ३ सय रियाल, नेपाली दसहजार जति थियो । बंगालीले छिर्न दिएन । अरु सबै छिरे । अब पैसा नतिरी सुख पाईएन । अलि कम गर भनेको ज्यान गए मानेन । अप्ठेरोमा पारेर पेलिरह्यो ।

अन्ततः क्लिनर काम गर्ने बंगालीलाई लुकाएर दुई सय रियाल दिएँ । उनीहरुको पहिलेनै सेटिंग हुने रहेछ । चेक गर्नेले रोक्ने । अनि क्लिनरले बार्गेनिग गरेर पैसा झार्ने । दुई सय रियाल बंगालीले खाएपछि म खल्तीमा १०० रियाल बोकेर उडे । दुबईमा ४ घण्टा ट्रान्जिट थियो । खल्तीमा पैसा नहुनाले भोकभोकै बस्न पर्यो । फेरी त्यो फ्लाई दुबई भन्नेमा पानी पनि नदिने रहेछ । भोक र तिर्खाले ग्रसित भएर म १ सय रियाल बोकेर काठमाडौँ झरें । नयाँ बसपार्कको होटल पुगेपछि काठमाडौँ मै बसेका आफन्त संग समस्या देखाएर पैसा सापटी मागेर बल्ल गर पुगियो ।

तपाई पनि याद राख्नुस है, एअरपोर्ट तिर हामी नेपालीलाई लुट्न पाईला पाईलामा मान्छे खटिएको हुन्छ । त्यसैले ईजाजत भन्दा बढी लगेज वा ह्याण्डब्याग नबोक्नुहोला

तपाईको प्रतिक्रिया