११ वर्ष अघि मलेशियामा पुगेका लालबहादुर उतै हराए; आँसुमा डुब्यो परिवार

0
627

उर्लाबारी, मोरंग। पैसा कमाएर बाबुआमालाई सुखसँग राख्ने सपना बोकेर ११ वर्ष अघि मलेसिया गएको छोरो लालबहादुर अझै घर नफर्किदाँ मोरङको कानेपोखरी–४ पिङडाँडाका छत्रबहादुर विश्वकर्मा यतिबेला चिन्तित हुनुहुन्छ । गाउँका युवा धेरै पटक विदेश जाँदैआउँदै गर्छन् । बैदेशिक रोजगारबाट ठूलो सुटकेश बोकेर कोही गाउँ पस्यो भने ६३ वर्षीय छत्रबहादुरका आँखामा आफ्नो छोराको अनुहार आउँन थाल्छ । सम्झ्यो, आँखाभरि आँशु पा¥यो, अनि लामो श्वास फेरेर आँशु पुछेर सम्हालियो ।

ठ्याक्कै नौ वर्ष यसरी नै बितिरहेका छन्–छत्रबहादुर दम्पत्तिका दिनचर्या । वि.सं.२०६७ सालको असार ८ गते घरबाट टीका र माला लगाएर बिदा भई मलेसिया गएका छत्रले दुई वर्षसम्म नियमित पैसा पठायाे, पटक पटक फोन पनि गरे । लालबहादुरले पैसा पठाउन थालेपछि छत्रबहादुरले पनि आफ्ना दुःखका दिन सकिएको अनुभूति गर्न थाल्नुभयो ।

उहाँले भन्नुभयो–‘जेसीवाई कम्पनीमा काम गर्छु, राम्रो छ, भन्थ्यो ।’ १५ वर्षको उमेरमा संखुवासभा जिल्लाको तत्कालिन वाना ८ को एक विद्यालयमा पढ्दापढ्दै नेकपा (माओवादी)को जनमुक्ति सेनामा भर्ना भएका लालबहादुर सेना समायोजनमा उमेर नपुगेपछि अयोग्य घोषित हुनुभयो । अयोग्य घोषित भएपछि लालबहादुर कै कारण छत्रबहादुरको परिवार २०६५ सालमा मोरङको तत्कालिन बयरवन ७ मा बसाइँ स¥यो ।

छत्रबहादुरले भन्नुभयो– ‘सबैका छोरा विदेश जान्छन् । पैसा कमाएर घरवार जोड्छन् । मेरोले पनि त पठाउला भनेर ऋण खोजेर मलेसिया पठाएँ । एक लाख ५० हजार रुपियाँ ऋण खोजेर संखुवासभा कै प्रेम श्रेष्ठमार्फत् विदेश पठाएँ । उहाँका अनुसार दुई वर्षपछि सम्पर्कविहीन भएपछि धेरै ठाउँमा छोरा खोजिदिन आग्रह गरे पनि कसैले पनि सहयोग गरेनन् । अहिले पनि उहाँ छोराको स्थिति बुझ्न सम्बद्ध निकायसँग आग्रह गरिरहनुभएको छ ।

तपाईको प्रतिक्रिया