साउदीको मरुभुमीमा भेडा चराउने केशव रुचाल रुँदै लाईभमा, उद्धार गरिदिन आग्रह ( लाईभ भिडियो )

0
1048

साउदीको मरुभुमीमा भेडा चराउने केशव रुचाल रुँदै लाईभमा, उद्धार गरिदिन आग्रह ( भिडियो तल अन्तिममा हेर्नुहोला )

उज्यालो नेपाल, २३ नोभेम्बर- वैदेशिक रोजगारीको लागी साउदी अरब पुगेका एक नेपाली युवाको बिचल्ली भएको छ । ड्राईभिंग भिषामा साउदी पुगेका पोखराका केशव रुचाल सम्झौता अनुसारको काम नपाएर मरुभुमीमा भेडा चराउने काममा परेपछि उनको विचाल्ले भएको हो । एघार महिना अघि गल्फ ओभासिज बाट साउदी गएका रुचाल भने जस्तो काम नपाए पछी साउदीमा अहिले भेडा चराईरहेका छन् ।

सामाजिक संजालमा बिलौना पोख्दै उनले आफुलाई नेपाल झिकाईदिन आग्रह गरेका छन् । आफुलाई धिमाल गुरुङ भन्ने मान्छले गल्फ ओभरसिज मार्फत साउदी पठाएको उनको भनाई छ । सामाजिक संजालमा उनले पोष्ट गरेका तस्विर र भिडियोका अनुसार उनि साउदीको कुनै निर्जन मरुभुमीमा निकै कष्टकर जिबन विताईरहेको बुझ्न सकिन्छ । ओछ्यानको एउटा गुन्टा बोकेर उनि भेडाको पछी पछी मरुभुमी चहार्दै छन् । आफु साउदी ईराक बोर्डर नजिक रहेको उनले बताएकाछन् ।

उनको शरीरमा न त एउटा गतिलो लगाउने कपडा छ न त गतिलो ओड्ने उछ्याउने नै । खुला आकासमा रात काट्ने रुचालको दैनिकी निकै टिठ लाग्दो छ । आफ्नो घर पोखरा बताउने रुचालको घरमा ७५ वर्षिया वृद्धा आमा र एकजना अपांग दिदि रहेको खुलेको छ । आफ्नी श्रीमती आफु साउदी आएको ८ महिना पछी अर्कै पुरुष संग पोईला गएको उनले बताएका छन् ।

लोक गायक समेत रहेका रुचाल म्युजिक भिडियो बनाउँदा ऋणमा डुबेपछि साउदी पसेको बुझिएको छ । उनले टि टाईम म्युजिक बाट आफ्नो गित समेत निकालेका छन् । उनको स्वरमा रहेको सालघारी नया लोक दोहोरि गीत यँहा क्लिक गरेर हेर्न सकिछ । रोटी र चियाको भरमा जीवन गुजारा गरिरहेका रुचालले सम्पूर्ण नेपाली सहयोगी मन हरुसंग आफुलाई नेपाल सम्म झिकाउनको लागी सहयोग गरिदिन आग्रह गरेका छन् । उनलाई  +977-9828052301 मा whatsapp गरेर वा 966-502158978 मा सम्पर्क गर्न सकिन्छ ।

उनको लाईभ भिडियो

तपाईको प्रतिक्रिया