एमाले महाधिवेसन: रत्ननगरका टोलटोलमा घरदैलो कार्यक्रम

0
83

निराजन घिमिरे, मङ्सिर ८, चितवन- नेकपा एमाले रत्ननगर-१६ वडा कमिटीले पार्टीको दशौ महाधिवेसनको पूर्वसन्ध्यामा रत्ननगर-१६ का टोलटोलमा घरदैलो अभियान सुरु गरेको छ । यही  मंसिर १०–१२ गतेसम्म चितवनमा आयोजना हुन गइरहेको पार्टीको दशौं राष्ट्रिय महाधिवेशनलाई लक्षित गरि टोल टोलमा घरदैलो अभियान सुरु गरिएको हो । दोबाटो बजारमा भेला भएका पार्टी कार्यकर्ताहरुलाई निर्देशनात्मक मन्तव्य दिंदै वडा कमिटि अध्यक्ष बाबुराम श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा वडा नं. १६ का पार्टी ईन्चार्ज एवम् जिल्ला अधिबेशन आयोजक समिती सदस्य नगेन्द्र उप्रेती, पार्टीकी पुर्व जिल्ला सदस्य एवम् जिल्ला सल्लाहकार समिति सदस्य थल कुमारी परियार, वडाध्यक्ष हेमराज थापा लगायतको सहभागीता रहेको थियो । त्यस्तै कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल महिला संघ लगायतका भातृसंगठनहरुको पनि सहभागीता रहेको थियो ।  रत्ननगरका अन्य वडाहरुमा पनि घरदैलो अभियान जारी छ ।

महाधिवेशनको उद्घाटन सत्रमा देशभर बाट ५ लाख मानिस सहभागी गराउने पार्टीको तयारी अनुसार उक्त कार्यक्रममा निम्ता दिंदै देश भर एमालेको घरदैलो अभियान चलिरहेको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले मंसिर १० गते नारायणी किनारामा हुने उद्घाटन कार्यक्रममा वाग्मती र त्यस आसपासका प्रदेशबाट मानिस जुटाउने गरी तयारी सुरु गरेको जनाएको हो । एमालेको मुल व्यवस्थापन कमिटीका सह संयोजक सुरेन्द्र पाण्डेले वाग्मती प्रदेशबाट साढे २ लाख मानिस सहभागी गराउने गरी तयारी भएको बताए ।

पाण्डेले प्रदेश २ कमिटीले १ लाख, लुम्बिनीले ७५ हजार, गण्डकी प्रदेशले ५० हजार र प्रदेश १ बाट २५ हजार सहभागी गराउने निर्णय गरेको बताए । एमालेले उद्घाटनको दिन अहिलेसम्मकै सबैभन्दा ठूलो आमसभामा गर्ने बताउँदै आएको छ ! पाण्डेका अनुसार वाग्मती प्रदेशले पनि विभिन्न जिल्लाहरुलाई उद्घाटन कार्यक्रममा सहभागी हुनेहरुको संख्या निर्धारण गरेको छ ।

जसअनुसार चितवन जिल्लाबाट ७५ हजार काठमाडौं उपत्यकाबाट ५० हजार, मकवानपुरबाट ३० हजार, धादिङ र सम्पर्क मञ्चबाट २५/२५ हजार, सिन्धुलीबाट १५ हजार, नुवाकोट र काभ्रेबाट १०/१० हजार, सिन्धुपाल्चोकबाट ८ हजार, रामेछाप र दोलखाबाट ५/५ हजार र रसुवाबाट १ हजार सहभागी हुने छन् ।

तपाईको प्रतिक्रिया