जुम्लामा पुनः हिमपात, डाँडाकाँडा सबै सेताम्मे

0
22

जुम्लामा शुक्रबार बिहानदेखि पुनः हिमपात भएको छ। यसपटक पनि अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो। लगातारको हिमपातले जनजीवन प्रभावित हुँदै गएको छ।

बिहानैदेखि परेको हिउँले फेरि डाँडाकाँडा सबै सेताम्मे बनाएको छ। चिसोले सरकारी कामकाज तथा यातायातसमेत प्रभावित भएको छ। हवाई यातायात भने अनियमित मौसमका कारण बन्द रहेको छ।

लगातार पानी र हिउँबाट बच्न तथा न्यानो गर्न स्थानीय प्रशासनले पटक–पटक सूचनासमेत जारी गर्दै आएको छ। चिसोले अस्पतालमा बिरामीसमेत बढ्ने गरेका छन्। अस्पतालमा रुघाखोकीका बिरामी बढेका पाडब गुफा हेल्थ स्वास्थ चौकीका अहेब नेत्रबहादुर खत्रीले जानकारी दिए। रासस

स्थानीय तहका कर्मचारीहरुको लागि मेलमिलाप, कानुन निर्माण र राजपत्र सम्बन्धि तालिम सुरु

Previous articleभोजपुरी कलाकार निरहुआ र आम्रपाली माथि स्टेजमै जुत्ता प्रहार
Next articleतौलेश्वर महादेवस्थित शिवलिङ्गमा भक्तालुको घुइँचो