ओलीको यती मोह कोरना भाइसर भन्दा खतरनाक ! यस्ता छन् कारण

0
30
Five cats looking around a field.

काठमाडौं–प्रधानमन्त्री केपी ओलीमा बुधबार यती होल्डिङ्सको प्रतिरक्षा गर्न दुई घण्टा समय खर्चिए । त्यसबाटै पुष्टी हुन्छ की उनको यती ग्रुपसँग कस्तो मोह छ ।

यतिले सरकारलाई कति रकम बुझाउँछ भन्नेमा प्रधानमन्त्री नाजवाफ छन् । नेपाल ट्रस्टका जग्गा मात्र होइन, अन्यत्रको जग्गा पनि सरकारले यतीलाई सित्तैमा वर्षौं वर्षसम्म प्रयोग गर्न दिएको पाइएको छ । यती समूहको स्वार्थलाई सरकारको संरक्षणको विषयमा महालेखापरीक्षकको कार्यालयले समेत प्रश्न उठाउँदै आएको छ ।

व्यापारिक घराना यतीको स्वार्थसिद्ध हुने गरी प्रधानमन्त्री ओलीकै निर्देशनमा सरकारको शक्ति दुरुपयोग भएको विषयमा निरन्तर समाचार प्रकाशित हुन थालेपछि उनी छटपटीमा परेका छन् ।गोकर्ण रिसोर्टको जग्गा पनि यतीलाई, दरबारमार्गको जग्गा पनि यतीलाई, सगरमाथा राष्ट्रिय निकुञ्जको जग्गा पनि यतीलाई, पाथीभराको जग्गा पनि यतीलाई सरकारले दिएपछि अहिले सर्वसाधारणले प्रश्न गर्न थालेका छन्, ‘ओलीमा यती प्रति यति मोह किन ?’
ओलीले यती ग्रुपलाई सरकारी सम्पत्ति दोहन गर्न छुट दिँदै आएका छन् । तर, प्रधानमन्त्री ओलीले भन्न छाडेका छैनन्, ‘मैले स्पष्ट भनेको छु म भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न दिन्नँ ।’

पार्टीको केन्द्रीय समिति बैठकमा समेत यतीको बचाउ गर्न थालेपछि अहिले विशलेषण हुन थालेको छ, ‘ओलीमा देखिएको यती मोह कोरोनाभाइरसभन्दा पनि खतरा छ ।’

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0