मरिष्का सिड्नीमा

0
32

मरिष्का आइन सिड्नी

सिडनी । अभिनेत्री मरिष्का पोखरेल यतिबेला अष्ट्रेलियाको सिड्नी आइपुगेकी छिन । उनि यसै साता मात्र सिड्नी आइपुगेकी हुन । पछिल्लो समय यूबा पुस्तामांझ चिनिएकी र मन पराइएकी अभिनेत्रीको रूपमा रहेकी मरिष्का एस.एन.एस ट्राभलका सुनिल उप्रेतीको निमन्त्रणामा सिड्नी आइपुगेकी हुन ।

सिड्नी रहंदा मरिष्काले बिभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउने भएकी छिन -‘ म मार्च ७ तारेखका दिन आयोजना हुने होली मेलामा सहभागि हुने छु भने त्यसै दिन एसएनएस ट्राभलले मलाई ब्राण्ड एम्बेसेडर घोषणा गर्ने कार्यक्रम रहेको छ -‘ सिड्नीमा भेटिएकी मरिष्काले जानकारी दिइन ।

यता मरिष्काको बजार र क्रेजलाई बुझेर नै आफ्नो सस्थाले उनलाई ब्राण्ड एम्बेस्डरको रूपमा चयन गरेको जानकारी सुनिल उप्रेती दिएका छन । ट्राभल बाहेक एजुकेसन एण्ड माइग्रेसन कर्नर, थेरापी प्वाइन्ट र नेशन वाईड रियल स्टेट सन्चालन गर्दै आएका उप्रेतीले आगामी दिनमा नेपाली सिने क्षेत्रसंग आबद्द कामहरू गर्दै जाने कुरा बताएका छन । मार्च ७ तारेखका दिन हजारौ नेपालीहरूबीच होली मेला रगडेल होली मेला कार्यक्रममा मरिष्कालाई ब्राण्ड ऐम्बेष्डर घोषणा गर्न लागिएको छ ।

The post मरिष्का सिड्नीमा appeared first on Rajdhani Daily News.

खाडीको यो मुलुकले गर्यो नेपाललाई कोभिड संक्रमणको खतराको सूचीबाट हटाउने निर्णय

Previous articleशिवरात्रि मनाउन सहयोग उठाइरहेका बालकको बसको ठक्करबाट मृत्यु
Next articleविकासको मूलआधार नै धर्म र संस्कृति हो : मुख्यमन्त्री पौडेल