युएईका प्रधानमन्त्रीको सम्बन्ध विच्छेद; पुर्वपत्नी संग ८० अर्बको सम्झौता

0
921

लण्डन — दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मोक्तम र राजकुमारी हाया बिन्त अल हुसेनको सम्बन्ध विच्छेदलाई बेलायतको कानुनी इतिहासकै सबैभन्दा ठूलो सम्बन्धविच्छेदको मुद्दाको रुपमा व्याख्या गरिएको छ। उक्त मुद्दालाई ५०० मिलियन पाउन्ड स्टर्लिङभन्दा धेरै रकममा सम्झौता गरी किनारा लगाइएको बताइएको छ । बेलायतको उच्च अदालतले मंगलबार हायाले २५१ मिलियन पाउन्ड स्टर्लिङ ( झण्डै ४० अर्ब २८ करोड) भन्दा धेरै रकम एकमुस्ट पाउने गरी सम्झौता गराएको हो । ४७ वर्षीय हाया जोर्डनका पूर्राजा हुसेनकी छोरीसमेत हुन् ।

यूएईका प्रधानमन्त्रीसमेत रहेका अर्बपति शेख मोहम्मदसँग हायाले छौठौं पत्नीको रुपमा विवाह गरेकी थिइन् । बेलायतको अदालतले मंगलबार गरेको फैसला अनुसार हायाले लण्डनको दरबार र एघम सुरेस्थित निवास पाउने भएकी छन् । जसअन्तर्गत उनका लागि शेखले सुरक्षा बजेट पनि छुट्याउनु परेको छ । साथै नियमित तलबसहित नर्सको सुविधा, सुरक्षाकर्मी, सवारी साधन र थुप्रै घरपालुवा जनावरको स्याहार गर्ने खर्च शेखले उपलब्ध गराएका छन् ।

यस्तै वार्षिक रुपमा ५.६ मिलियन पाउन्ड स्टर्लिङका दरले १४ वर्षीया छोरी र ९ वर्षीय छोरालाई भुक्तानी गर्नुपर्नेछ । २०१९ मा दुबईको दरबारबाट भागेर हाया बेलायत पुगेकी थिइन् । जहाँ उनले आफ्नो ज्यान खतरामा रहेको भन्दै बेलायतसँग आश्रय लिएकी थिइन् । जवकि यसअघि नै शेखले आफ्ना छोरीलाई अपहरण गरी शेख लतिफा र शेख शाम्सालाई उनीहरूको इच्छा विपरीत दुबई फिर्ता ल्याएका थिए ।

७२ वर्षीय शेखले अपहरणको आरोपलाई अस्वीकार गर्दै पूर्वपत्नीको नाममा एक कवितासमेत लेखेका थिए। यद्यपि हाया बेलायत पुगेपछि पनि धेरैपटक ध’म्की आएको बताएकी थिइन् । शेखले उनको मोबाइल फोनसमेत ह्याक गरेको समाचार प्रकाशित भएका थिए । फैसलाको क्रममा न्यायाधीश मूरका अनुसार हाया र उनका दुई सन्तानको अवस्था जोखिममा परेको छ। साथै उनीहरूको सुरक्षा आवश्यकता रहेको फैसलाको क्रममा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
1
+1
1
+1
1
+1
1
+1
3
+1
0