फेरि मुलघरमा केन्द्रित भएर राष्ट्रको नेतृत्व गर्नुपर्छ : प्रचण्ड

0
126

फेरि मुलघरमा केन्द्रित भएर राष्ट्रको नेतृत्व गर्नुपर्छ : प्रचण्ड

काठमाडौँ, पुस १० गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि मुलघरमा केन्द्रित भएर राष्ट्रको नेतृत्व गर्नुपर्ने बताउनुभएको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा विप्लव समूहबाट अलग भएर समाहित भएका प्रभात चलाउने नेतृत्वको समूहलाई स्वागत गर्दै प्रचण्डले यस्तो बताउनुभएको हो ।

सानो समूह माओवादी केन्द्रमा समाहित हुँदा बलियो सन्देश गएको भन्दै प्रचण्डले यस्तो बताउनुभएको हो । प्रचण्डले अन्य माओवादी घटक र क्रान्तिकारी कम्युनिष्टसँग एकताका लागि छलफल भइरहेकोसमेत बताउनुभएको छ ।

‘हामी पार्टी पुनर्निर्माणमा छौँ । सबै छरिएका माओवादी र क्रान्तिकारी कम्युनिष्टको अभियानमा छौँ । त्यही अभियानको कडीको रुपमा तपाईंहरुको समायोजन वा एकता भएको छ । यसले बलियो सन्देश बलियो गएको छ’, प्रचण्डले भन्नुभयो, ‘विप्लवलगायत नेतृत्वमा रहेका साथीहरुसँग कुरा भइराखेको छ । मलाई विश्वास छ, हामी फेरि मुलघरमा केन्द्रित भएर यो राष्ट्रलाई नयाँ ढंगले नेतृत्व गर्नुपर्छ ।’

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0