पदाधिकारी चयनमा सर्वसहमति नजुटेपछि माओवादीको निर्वाचन प्रकिया स्थगित

0
95

काठमाडौं: पदाधिकारीसहित नयाँ कार्यसमितिमा सर्वसहमति नभएपछि माओवादी केन्द्रीको जारी महाधिवेशनअन्तर्गतको निर्वाचन कार्यतालिका स्थगित गरिएको छ। शीर्ष नेताहरुले कार्यसमितिमा सर्वसहमतिको प्रयास गरे पनि शनिबार ७ बजेसम्म पनि सहमति नभएपछि निर्वाचन कार्यतालिका स्थगित गरिएको हो।

यसअघि आज दिउँसो निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गर्दै कार्यतालका सार्वजनिक गरेको थियो। कार्यतालिका अनुसार आजै ८ बजेदेखि मनोनयन दर्ता र भोलि ११ बजे निर्वाचनको समय तोकिएको थियो।

निर्वाचि प्रक्रिया भोलि (आइतबार) दिउँसो १ बजेबाट पुनः सुरु हुने बताइएको छ। निर्वाचन प्रक्रिया सुरु हुनुअघि आयोजक कमिटीको बैठक बसी नयाँ कार्यसमिति चयनका लागि सर्वसहमतिको प्रयास गरिने एक नेताले बताए।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0