भरतपुर अस्पतालमा सुत्केरी गराउन गएकी एक महिलाको मृत्यु; परिवार भन्छन्- लाप’रबाही भयो

0
151

२९ पुस, चितवन । चितवनको भरतपुर अस्पतालमा सुत्केरी गराउन गएकी एक महिलाका मृ’त्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं. ८ की ३३ वर्षीया राधिका थापाको मृ’त्यु भएको हो । पी’डित परिवारले अस्पतालको गम्भीर लापर’बाहीले मृ’त्यु भएको गुना’सो गरेका छन् । मृ’तक थापाका दाजु तारा थापाले विहान साढे ८ बजेसम्म ठिकठाक नै रहेकी राधिकाको अस्पतालले सुत्केरी गराउने क्रममा लापर’बाही गरेकाले मृ’त्यु भएको बताए ।

पुस २६ गते दिउँसो १ बजेतिर सुत्केरी व्य’थाले च्या’पेपछि भरतपुर अस्पताल भर्ना भएकी थापालाई साधारण ढंगले सुत्केरी गराउने भन्दै अस्पतालका डाक्टर र नर्सले २८ गते बिहानसम्म राखेका थिए । ‘उहाँहरूले दिउँसो १२ बजेसम्म हुन्छ भनेर राख्नुभयो, हामीलाई भित्र जान पनि दिनु भएन, बहिनी असाध्य पी’डा भएर भुईँमा लडि’छन्, नजिकको अर्को बिरामीकाअनुसार त्यहाँ कोही नर्स, डाक्टर थिएनन् रे, मुखबाट रग’त आएर बे’होस भएर ढलिछन्’ मृ’तकका दाजु ताराले भने, ‘हामी भित्र जाँदा त बहिनी अ’चेत थिइन्, नर्स आएर सीपीआर गरिरहेका थिए, डाक्टर थिएनन् । हतार हतार आईसीयू लगेर भेन्टिलेटरमा राखियो ।’

भेन्टिलेटरमा राखेको केही समयपछि डाक्टरले राधिकालाई मृ’त घोषणा गरेका थिए । उनको पेटमा साढे तीन किलोको छोरा रहेको मृत’कका दाजु ताराले बताए । पुस २४ गते सुत्केरी गराउने मिति नियमित चेकजाँच गर्दै आएका प्रसूति रोग डाक्टर लोकबहादुर सेढाइले दिएका थिए । ‘२२ गते यहाँ राप्ती खुरखुरेमा भिडियो एक्सरे गरेर हेर्दा सबै कुरा नर्मल छ, एक/दुई दिनमा अस्पताल जानु भए हुन्छ भनेर डाक्टरले भन्नुभएको थियो,’ ताराले भने ।

राधिकाका श्रीमान् सुधिर थापा जापानमा छन् । उनी विगत ८ वर्षदेखि जापानमा बस्दै आएका छन् । राधिका भने दशैं अगाडि मात्रै नेपाल आएकी थिइन् । उनकी ६ कक्षामा अध्ययनरत छोरीसमेत छिन् । राधिकाले अघिल्लो पटक छोरी साधारण तरिकाले नै जन्माएकी थिइन् । राधिकाको श’वलाई भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । पोष्टमार्टम गर्न परिवारले मानेका छैनन् । बुधवार अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीसहित भएको छलफलमा अस्पतालले ग’ल्ती र कम’जोरी भएको स्वीकार गरेको मृत’कका दाजु ताराले बताए । ‘हामीले क्षति’पूर्ती रकम मागेनौं । हामीलाई पैसाभन्दा पनि अस्पतालले ग’ल्ती स्वीकार गर्नुपर्छ भन्ने छ, अस्पतालले ग’ल्ती स्वीकार पनि गरेको छ’ ताराले भने, ‘बहिनी नै म’रेर गएपछि तिनीहरूले दिएको पैसाले के नै हुन्छ र ? पैसा त हामीसँग पनि छ तर बहिनीको ज्यान छैन के गर्ने ?’ उनले भरतपुर अस्पतालको प्रसूति विभागमा चरम लाप’रबाही हुने गरेको बताए ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण पौडेलले सुत्केरी गराउन आएकी राधिकाको मुटुको नशामा एक्का’सी रगतको प्रे’सर परेर मृत्यु भएको दा’बी गरे । डा. पौडेलले राधिकाको उपचारमा अस्पतालको तर्फबाट लापर’बाही नगरेको जि’किर गरे । अनलाईन खबर बाट

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0