राजेशपायल राईको ‘हुरुक्कै भएँ म’ सार्वजनिक (भिडियाे सहित)

0
32
Five cats looking around a field.

काठमाडौँ र नेपाली संगीतमा रैथानेपनको खोजी भइरहेको बेला पूर्वेली स्वादको आधुनिक गीत ‘हुरुक्कै भएँ म…’ शनिबार सार्वजनिक गरिएको छ । गायक राजेशपायल राईको स्वर तथा दिनेश काजी बान्तवाको संगीत रहेको गीतको भिडियोमा अभिनेता दयाहाङ राईले अभिनय गरेका छन् ।

‘रैथाने संगीत पछाडि परिरहेको आवाज सुनिरहेको अवस्थामा यस्ताखाले गीतसंगीतले केही अर्थ राख्छ कि भन्ने मेरो विश्वास छ,’ दयाहाङले भने । पछिल्लो समय केही गीतमा रैथाने संगीतको केही रंग मात्र आएको भए पनि अन्य मुलुकको जस्तै मौलिक बाजा र धुनको पहिचान भने आइनसकेको दयाहाङको दाबी छ । पूर्वेली भाका र परिवेशको झल्को दिने गीतको रचना कवि राजन मुकारुङले गरेका छन् । गीत र भिडियो दुवैमा संगीत, शब्द रचना, अभिनय, निर्देशन सबै पाटोमा पूर्वेली स्रष्टा र कलाकार छन् । संगीतकार राईले यसलाई मीठो संयोगका रूपमा लिएका छन् । अन्य चारसहित यही गीत समेटेर उनले तेस्रो एकल एल्बम ‘सेवान्ने’ निकाल्दै छन् । सेवान्नेको अर्थ राई समुदायमा ‘अभिवादन’ भन्ने हुन्छ ।

गायक राईले पनि नेपाली आधुनिक संगीत खासै मौलिक बन्न नसकिरहेको दाबी गर्दै ‘हुरुक्कै भएँ म…’ को संगीतले पूर्वको किराँत समुदायमा पुर्‍याउने बताए । थैली इन्टरटेनमेन्टले प्रस्तुत गरेको भिडियोमा दयाका साथै अलिशा राईको पनि अभिनय छ । भिडियोको छायांकन भूपेन्द्र लिम्बू र सम्पादन अनिल राणाले गरेका छन् । ‘सेवा’, ‘सेवान्ने’, ‘हुईहुई’ जस्ता राई समुदायको भाषासमेत प्रयोग गरिएको गीत राजन मुकारुङले लेखेका हुन् । युवायुवतीबीचको प्रेमभाव झल्किने जस्तो देखिए पनि गीतलाई संस्कृति, राजनीति सबै दृष्टिकोणबाट परिभाषित गर्न सकिने मुकारुङले बताए ।

किरणले म्युजिक भिडियोमा भने युवायुवतीबीचको प्रेमलाई केन्द्र राखेका छन् । एल्बममा समेटिने अन्य गीत ‘पानी है सुक्यो…’, ‘मनको मैलो…’ पनि मुकारुङले रचना गरेका छन् । यी तिनवटै गीतमा पूर्वेली ठेट मौलिक लोकसंस्कृति, लोकजीवन र परम्परालाई केन्द्रमा राखिएको संगीतकार दिनेशको दाबी छ । ५० को दशकदेखि संगीतमा क्रियाशील उनले यसअघि ‘सक्सेस’ र ‘मोमेन्ट्स भेरी म्युजिकल’ एकल एल्बम ल्याइसकेका छन् ।

The post राजेशपायल राईको ‘हुरुक्कै भएँ म’ सार्वजनिक (भिडियाे सहित) appeared first on Purbeli News.

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0