काठमाडौं, १९ माघ । १५ माघदेखि शुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठकले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)बारे सुझाव दिन पार्टी वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।
समितिमा पार्टी नेता भीमबहादुर रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली छन्।

एमसिसीअन्तर्गत अमेरिकाले नेपाललाई विद्युत् र सडकमा खर्च गर्न ५१ अर्ब रुपैयाँ दिने सम्झौतामा उल्लेख छ ।
सम्झौतामा एमसिसीलाई सङ्घीय संसद्ले अनुमोदन गर्नुपर्ने जनाइएको छ ।

The post एमसिसीबारे टुंगो लगाउन नेकपाको तीन सदस्यीय सुझाव समिति गठन appeared first on Koshi Online.