नेविसङ्घमा पदाधिकारी थपिए

0
38
Five cats looking around a field.

काठमाडौं, १९ माघ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको केन्द्रीय तदर्थ समितिमा पदाधिकारी थप गरिएको छ ।

केन्द्रीय समितिमा २ उपसभापति र ५ महामन्त्री थपिएका छन् ।

कांग्रेसको १ फागुन २०७५ मा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार सभापति शेरबहादुर देउवाले उनीहरुलाई मनोनयन गरेका हुन् ।

सङ्घको केन्द्रीय कार्यसमितिको उपसभापतिमा झापाकी तुलसा पन्त र रुपन्देहीका मुक्तिराज पौडेल चयन भएका छन् ।

महामन्त्रीहरुमा तनहुँका दीपक भट्टराई, धादिङकी उर्मिला थपलिया, मकवानपुरका प्रभातकुमार दाहाल, सिन्धुपाल्चोकका बलदेव तिमल्सिना र स्याङ्जाका युवराज पाण्डे मनोनित भएका कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

सभापति देउवाले यसअघि १६ माघमा राजीव ढुङ्गानाको अध्यक्षतामा दुई महामन्त्रीसहित तीन सदस्यीय नेविसङ्घ केन्द्रीय तदर्थ कार्यसमिति गठन गरेका थिए ।

नेविसङ्घको केन्द्रीय समितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन चाडै गरिने उनले बताए ।

The post नेविसङ्घमा पदाधिकारी थपिए appeared first on Koshi Online.

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0