सिंहदरबारभित्रै भेटिए कम्युनिस्ट सरकारको सातो लिने ‘मुटु’ भएका कर्मचारीहरू, चकित परे गोकुल बास्कोटा !

0
227
Five cats looking around a field.

काठमाडौं – कम्युनिस्ट सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाको चौतर्फी आलोचना भइरहेका बेला उनकै विभागीय संस्था नेपाल टेलिभिजनमा कर्मचारीहरूले हँगामा मच्चाएका छन् ।

सञ्चारमन्त्री बास्कोटाको निर्देशनमा अध्यक्ष महेन्द्र विष्ट र महाप्रबन्ध सचिन रोकाले मनपरी गर्न थालेपछि सरकारी स्वामित्वको नेपाल टेलिभिजनलाई बचाउन त्यहाँ कार्यरत कर्मचारीहरू एक भएर लागेका छन् ।

उनीहरूले कम्युनिस्ट सरकारका सञ्चारमन्त्री, अध्यक्ष र महाप्रबन्धकलाई पाठ सिकाउन माघ २० गते सोमबार सिंहदरबारभित्र हुन लागेको वार्षिक उत्सव कार्यक्रम बहिस्कार गर्न लागेका छन् ।

नेपाल टेलिभिजनका कर्मचारीहरूले आफ्ना मागको सुनुवाई नगरी कम्युनिस्टहरूले अनावस्य आर्थिक भार थप्नेगरी अघि बढेको भन्दै सोमबार हुने बार्षिक उत्सव कार्यक्रम बहिष्कार गर्ने भएका हुन् ।

नेपाल टेलिभिजन कर्मचारी संघ अध्यक्ष गोपालप्रसाद दाहाल र कर्मचारी युनियनका अध्यक्ष सुरेन्द्र बस्नेतले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै कर्मचारीहरूको वृत्ति विकास लगायत यसअघि पेश गरेका मागको सुनुवाई गर्न छाडेर व्यवस्थापनले थप कर्मचारी भर्ना गर्ने तयारी गरेको, टेलिभिजनको इटहरी कार्यालय उद्घाटनमा कर्मचारी युनियनलाई बेवास्था गरेको लगायतका कारण देखाउँदै वार्षिक उत्सवका सम्पूर्ण कार्यक्रम बहिष्कार गरेर विरोध जनाउने उल्लेख गरेका छन् ।

विज्ञप्तिमा संस्थालाई आर्थिक दलदलमा भास्दै धरासाई बनाउने उच्च व्यवस्थापनको पछिल्ला कार्यहरूप्रति भर्त्सना पनि गरिएको छ ।

‘कर्मचारीको वृत्ति विकास तथा सेवासँग जोडिएका तमाम समस्या समाधानका लागि कुनै पहल नगरी यसअघि कर्मचारी संघ र युनियनबाट पेश भएका मागहरुको समेत बेवास्था गरिएको अवस्थामा उच्च व्यवस्थापनले देखाएको रबैयाबिरुद्ध माघ २० गते सोमबार टेलिभिजन कार्यलयमा हुने वार्षिक उत्सवसम्वन्धी सम्पूर्ण कार्यक्रम बहिष्कार गर्ने निर्णय गरिएको छ’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।

‘नेपाल टेलिभिजनको ३५औँ वार्षिकोत्सवको अवसरमा माघ १७ गते नेपाल टेलिभिजनको इटहरी च्यानलको प्राङ्गणमा आयोजित नेपाल टेलिभिजन इटहरी च्यानलको शुभारम्भ कार्यक्रममा व्यवस्थापकको तर्फबाट संस्थापनमा कार्यरत कर्मचारीको नेतृत्वमा गरिरहेको कर्मचारी ट्रेड युनियनहरूलाई बेवास्ता गरिनु अत्यन्तै निन्दनीय छ’, विज्ञप्तिमा उल्लेख छ ।

‘यस घटनाले संस्थाको समग्र हित र लक्ष्य प्राप्तिका कर्मचारीसँग हातेमालो गरेर सँगै हिँड्नुपर्ने उच्च व्यवस्थापन कर्मचारीसँगको सहकार्यबाट भाग्न खोजेको अनूभुति हामीले गरेका छौँ’, विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले भनेका छन्, ‘यही अवस्थामा संस्थान भित्रका कर्मचारीको वृत्ति विकास रोकी कर्मचारी व्यवस्थापनको दीर्घकालीन योजना विना ठूलो संख्यामा नयाँ कर्मचारी भर्नाका लागि गरिएको विज्ञापनले कर्मचारीको मनोबलमा चोट पुगेको छ ।’

‘कर्मचारीको वृत्तिको विकास र सेवासँग जोडिएका तमाम समस्या समाधानका लागि कुनै पहल नगरी यसअघि कर्मचारी संघ र युनियनबाट पेस भएका मागहरूको समेत बेवास्ता गरिहेको अवस्थामा उच्च व्यवस्थापनले देखाएको रवैयाविरुद्ध मिति ०७६–१०–२० गते नेपाल टेलिभिजन प्राङ्गणमा आयोजना गर्न लागिएको वार्षिक उत्सव सम्बन्धी सम्पूर्ण कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेका छौँ’, विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0