समय नपुग्दै सुत्केरी भएकी महिलाको हेलिकोप्टरमार्फत उद्धार

0
28

महाकाली नगरपालिका–१ की एक सुत्केरीको हवाई उद्धार गरिएको छ।

जिल्ला अस्पतालमा सुत्केरी भएकी ३२ वर्षीया कौसिला धामीको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

छ महिनामै बच्चाको जन्म दिएपछि उनलाई सघन उपचार कक्षमा राखेर उपचारका लागि कोहलपुर सिफारिस गरिएको हो।

दार्चुलाका प्रजिअ यदुनाथ पौडेलको विशेष पहलमा सुत्केरीको उद्धार गरिएको छ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिलाको उद्धार गरिएको हो।

दोस्रो सन्तानका रूपमा धामीले ६ महिनामै बच्चा जन्माउकी हुन्। धामी महिला तथा बालबालिका कार्यालय नौगाडमा कार्यरत छन्। रासस

३० मिनेट सम्म जहाज आकाशमा होल्ड हुँदा आत्तिएर एक यात्रु बेहोस

Previous articleपशुपतिनाथ मन्दिर क्षेत्रमा जम्मा भएका फोहोर सफाइ अभियान शुरु
Next articleत्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रा.लिले ६ चालकहरुलाई ५१ हजारका दरले पुरस्कृत गर्ने