बिस्तारै तापक्रम बढ्दै, मौसम गर्मी-उन्मुख

0
29
Five cats looking around a field.

नेपालको मौसम बिस्तारै गर्मीतर्फ अगाडि बढिरहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले देशभर बिस्तारै चिसो कम हुँदै गएको र तापक्रम बढ्दै गएको बताएका हुन्।

‘अब यो बीचमा पानी पार्ने कुनै प्रणाली विकास भएन भने तापक्रम बढ्दै जाने देखिन्छ,’ सोमबार बिहान नेपालखबरसँग कुरा गर्दै मौसमविद् अर्यालले भने, ‘अहिले दिउँसो अधिकत तापक्रम बढिरहेको छ भने बिहानको चिसो पनि कम हुँदै गएको छ।’

पश्चिमी वायु तथा स्थानीय वायु सक्रिय भएन भने अब मौसम गर्मीतर्फ अगाडि बढ्ने उनको अनुमान छ।

उनका अनुसार तीन/चार दिनअगाडि काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २० डिग्रीसम्म पुगेको उनले जानकारी दिए।

तर बीचमा थोरै मौसम बदली भएकाले हिजो आइतबार उपत्यकाको अधिकतम तापक्रम १६.६ डिग्रीमा झरेको थियो। आज उपत्यकाको अधिकतम तापक्रम १८ डिग्रीसम्म पुग्ने अनुमान गरिएको उनले बताए।

सोमबार बिहान उपत्यकाको न्यूनतम तापक्रम भने ४ डिग्री रहेको उनले जानकारी दिए।

आइतबार सबैभन्दा बढी अधिकतम तापक्रम जनकपुरमा २३ डिग्री पुगेको छ।

त्यसपछि धनगढीको २२.७ डिग्री तथा विराटनगर र नेपालगन्जको बराबर २२.३ डिग्री सेल्सियस अधितम तापक्रम रहेको मौसम पूर्वानुमा महाशाखाको रकेर्डले देखाएको छ। अन्य स्थानको तापक्रम यसभन्दा मुनि छ।

मौसमविद्का अनुसार दिनभर घाम लाग्न पायो भने अधिकत तापक्रम बढ्छ भने राति आकाश सफा भयो भने न्यूनतम तापक्रम घट्छ।

मौसमविद् अर्यालका अनुसार आज (सोमबार) देशका धेरै ठाउँमा घाम लाग्ने सम्भावना छ।

‘आज पश्चिमको पहाडमा आंशिक बदलीबाहेक देशका बाँकी स्थानमा सामान्यतया मौसम सफा छ,’ उनले भने, ‘आज देशभरजसो नै घाम लाग्ने देखिन्छ, आंशिक बदली भनेको पनि घाम नलाग्ने होइन, धेरै घामै लाग्छ, बादल बेलाबेला देखिन्छ।’

उनका अनुसार आज कतै वर्षा तथा हिमपातको सम्भावना छैन। ‘आगामी एक/दुई दिन वर्षा/हिमपात देखिन्न,’ मौसमविद् अर्यालले भने।

 

 

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0