गोरखा रेष्ट्राे : खानाको स्वाद सँगै मनमोहक दृश्यावलोकन (तस्विरहरू सहित)

0
158
Five cats looking around a field.

इटहरी । सुनसरीको ईटहरीमा नेपाल भ्रमण बर्ष २०२० लाई समेत लक्षित गर्दै सञ्चालनमा आएको गोरखा होटलले ग्राहकहरुको मन जित्न थालेको छ । प्रदेश १ को केन्द्रको रुपमा तिब्र बिकास भइरहेको इटहरीमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाइ लक्षित गर्दै गोरखा होटल संचालनमा ल्याएको संचालक बलराम आचार्य बताउँछन । पारिवारिक बाताबरण र मनमोहक दृश्याबलोकनका लागि समेत उपयुत्त सो होटल तथा रेष्टुरेण्ट सञ्चालनमा आएपछि स्वदेशी तथा विदेशी पर्यटकहरूले सुविधा सम्पन्न होटलको समस्या भोग्नु नपर्ने आचार्यको भनाइ रहेको छ । उनका अनुसार उच्च स्तरको सेवा सुबिधा भएको रेस्टुरेन्ट तथा बार प्रदेश नं १ कै उत्कृष्ठ रहने दावी रहेको छ ।

करिब ४० करोडको लगानीमा सञ्चालनमा आएको सो होटलले यतिबेला ग्राहकहरुको मन जित्न सफल भएको आचार्य बताउँछन । उनी अन्य होटल सँग गोरखाको तुलना गर्न नमिल्ने समेत बताउँछन । होटलमा सञ्चालित रेष्टुरेण्टलाई बढी ग्राहकहरुले रुचाएका छन । अन्य रेष्टुरेन्ट भन्दा भिन्न र सुबिधा सम्पन्न भएका कारण पनि ग्राहकहरुको आर्कषण बढेको आचार्य बताउँछन । रेष्टुरेण्टमा बसेर दिवाकालीन तथा रात्रिकालीन ईटहरी र आसपासका दृश्यावलोकन गर्न पाउँदा ग्राहकहरु थप आकर्षित हुने गरेका छन ।

The post गोरखा रेष्ट्राे : खानाको स्वाद सँगै मनमोहक दृश्यावलोकन (तस्विरहरू सहित) appeared first on Purbeli News.

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0