घुसखोरी सिडियो विरुद्ध एकैदिन पाँच मुद्धा दायर, के–के छन् आरोप

0
43
Five cats looking around a field.

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालिन प्रमुख जिल्ला अधिकारी खरेन्द्रप्रसाद रिजालविरुद्ध एकैदिन ५ वटा मुद्दा दायर गरेको छ ।

रिजालले विभिन्न मुद्दाका सेवाग्राहीसँग घुस र रिसवत लिएको, अनुगमनको भ्रमण भत्ता अनियमित तरिकाले लिएको भन्ने व्यहोराको उजुरीउपर अनुसन्धान हुँदा आफ्नो दोषी पाइएका थिए ।

उनले सेवाग्राहीलाई महिला मुद्दा सम्बन्धी केस लाग्छ तथा कारागारको डर त्राससमेत देखाई गालीगलौज गरी ४ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारको भनाइ छ ।

उनले सेवाग्राहीसँग धरौटी भनि झुक्याइ ४ लाख रुपैयाँ घुस लिइ भ्रष्टाचारजन्य कार्य गरेको उल्लेख छ । रिजालले विभिन्न सेवाग्राहीसँग पटक–पटक गरी ५० हजार रुपैयाँ, ९० हजार रुपैयाँ, ७७ हजार ६०० रुपैयाँ, ३५ हजार रुपैयाँ घुस लिएका थिए ।

अख्तियारले घुस लिएको बिगो बराबरको रकम असुलउपर गरी जफत हुन मागदाबीलाई विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0