इट्टा उद्योगले स्वास्थ्यमा गम्भीर असर पार्ने कार्बनको प्रयोग गरेको भेटियो

0
16

राजविराज । राजविराजमा रहेको इट्टा उद्योगहरुमा जनस्वास्थ्यमा गम्भीर असर पु-याउने कार्बनको प्रयोग भईरहेको खुलासा भएको छ ।

इट्टा व्यवसायी संघ, जिल्ला प्रहरी कार्यालय तथा सरोकारबाला निकायका प्रतिनिधिहरुको संयुक्त अनुगमन टोलीले शनिवार साँझ इट्टा उद्योगहरुको अनुगमन गर्दा यस्तो खुलासा भएको हो ।

अनुगमन टोलीमा इट्टा व्यवसासी संघका अध्यक्ष दुर्गानन्द साहका साथै प्रहरी र सरोकारबाला अन्य निकायका प्रतिनिधिहरु खटिएका थिए । अनुगमनको क्रममा सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित न्यु नेपाल इट्टा उद्योगबाट कार्बन बोकेको दुई वटा ट्रयाक्टर नियन्त्रणमा लिई कार्वाहीका लागि प्रहरीमा समेत बुझाईएको छ ।

इट्टा व्यवसायी संघ सप्तरीका अध्यक्ष साहको नेतृत्वमा खटिएको टोलीले कोईला र दाउराको साटो अत्यधिक मात्रामा कार्बनको प्रयोग गरि इट्टा उत्पादन गरिरहेको फेला पारेपछि इट्टा उद्योग परिसरमा कार्बन बोकेको स.१ त २२९४ र स.१ त ३५३० नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिई कार्वाहीका लागि इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीमा बुझाएको छ ।

कार्बनको अत्यधिक प्रयोग गरि इट्टा उत्पादन गरिरहेको गुनासोको आधारमा इट्टा पकाईरहेको बेला गएराती १० बजेतिर खटिएको अनुगमन टोलीले कोईला र दाउराको साटो अत्यधिक मात्रामा कार्बनको प्रयोग गरि इट्टा उत्पादन गरिरहेको पाईएपछि कार्बन बोकेको ट्रयाक्टर नियन्त्रणमा लिएर कार्वाहीका लागि प्रहरीमा बुझाएको अध्यक्ष साहले जानकारी दिए ।

इट्टा उद्योगले प्रयोग गर्ने गरेको कार्बनले मानव स्वास्थ्यमा गम्भीर असर पार्नुको साथै त्यसक्षेत्रको वातावरणमा समेत प्रतिकुल असर पर्ने खतरा रहेकोले कार्बन प्रयोगलाई निरुत्साहित गर्न अनुगमन शुरु गरिएको अध्यक्ष साहको भनाई छ ।

The post इट्टा उद्योगले स्वास्थ्यमा गम्भीर असर पार्ने कार्बनको प्रयोग गरेको भेटियो appeared first on Rajdhani Daily News.

सञ्चार विधेयक प्रदेश सभामा प्रस्ताव पेश

Previous articleतनहुँमा दुई बस एकआपसमा ठोक्किए, २० जना घाइते
Next article४४ हजार नेपाली बस्ने कोरियामा कोरोनाको त्रास, दूतावास भन्छ- डराउनुपर्दैन