चितवन प्रहरी प्रमुखमा गुरुङ, पन्तलाई पर्सा पठाइयो

0
223
Five cats looking around a field.

प्रहरी प्रधान कार्यालयले काठमाडौँ, चितवन लगातका केही जिल्लाका प्रहरी प्रमुख सरूवा गरेको छ।

एक महिनदेखि प्रमुखविहीन रहेको जिल्ला प्रहरी कार्यालय चितवनमा प्रहरी उपरीक्षक (एसपी) नातीराज गुरुङको सरुवा भएको छ भने महानगरीय प्रहरी परिसर काठमाडौँमा जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमेन्द्रसिंह राठौरलाई ल्याइएको छ। एसपी राठौरले यसअघि महानगरीय अपराध अनुसन्धान महाशाखामा समेत काम गरेका थिए।

यसअघि गत पुसमा चितवन सरुवा भएकी एसपी गंगा पन्तलाई जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको छ।

गत पुस ४ पुसमा प्रहरी प्रधान कार्यालयले २५ जना एसपीको सरुवा गर्दै चितवनका तत्कालीन एसपी दानबहादुर मल्लको विमानस्थल सुरक्षा प्रहरी कार्यालय चितवनमा एसपी गंगा पन्तलाई सरुवा गरेको थियो। तर, एसपी मल्लले राजनीतिक संरक्षणका आडमा चितवन नछाडेपछि पन्त जान पाएकी थिइनन्।

मल्ल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा उनको पूर्वनिजी सुरक्षा अधिकृत (पीएसओ) रहेर काम गरेका थिए। सोही अडमा उनले प्रहरी प्रधान कार्यालयको निर्णयलाई चुनौति दिई चितवन छाड्न मानेका थिएनन्। मल्ललाई चितवनबाट रमाना लिन बाध्य बनाउन प्रदेश प्रहरी कार्यालयले लिखित निर्देशन नै पठाउनुपरेको थियो। मल्ले रमान लिए पनि उनको ठाउँमा पन्तलाई पठाइएको थिएन्।

एसपी पन्त चितवन सरुवा भए पनि जिम्मेवारी सम्हानुअधि नै उनको पुनः पर्सामा सरुवा भएको हो।

त्यस्तै महानगरीय प्रहरी परिसरका एसपी अशोक सिंहलाई प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा सरुवा भएको छ भने जिल्ला प्रहरी कार्यालय बाराका एसपी विकास खनालको प्रदेश ५ दंगा नियन्त्रण गण, सुनवलमा सरुवा भएको छ भने उनकाे ठाउँमा एसपी कृष्ण पंगेनीलाई पठाइएको छ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0