जेनोआलाई हराउँदै लाजियो सिरी ए उपाधिनजिक

0
21

लाजियोले २० वर्षपछि पहिलोपटक सिरी ए उपाधि जित्ने सम्भावना देखाएको छ।

आइतबार राति भएको खेलमा लाजियोले जेनोआलाई ३-२ ले पराजित गर्दै उपाधि प्राप्त गर्ने सम्भावना जीवित राखेको हो।

यो जितसँगै शीर्ष स्थानमा रहेको युभेन्ट्स र लाजियोबीचको अंक अन्तर १ मात्र छ। युभेन्ट्सको ६० अंक छ भने लाजियोको ५९ अंक छ।

लाजियोले लिगका पछिल्ला २० खेल जितेको छ।

आइतबार रातिकै अर्को खेलमा रोमाले लेचेलाई ४–० ले पराजित गरेको छ। योसँगै ऊ पाँचौं स्थानमा आएको छ।

निर्वाचनमा तालमेल बाध्यकारी हैन : महामन्त्री शर्मा

Previous articleत्रिशूलीमा ट्रक खस्दा चालकको मृत्यु
Next article‘आदेश आए १ महिनाभित्रै रेल गुडाउछौँ’ : रेल विभाग