विद्यालयमा पढाइ राम्ररी नभएको भन्दै विद्यार्थीले वडा कार्यालयमा तोडफोड गरेका छन्। रौतहटको गरुडा नगरपालिका वडा नं २ को कार्यालयमा बुधबार तोडफोड गरेका हुन्।

स्थानीय श्रीमाध्यमिक विद्यालयका विद्यार्थीहरु दिउँसो १२ बजे वडा कार्यालयमा प्रवेश गरी महत्वपूर्ण कागजात, फर्निचर, कम्प्युटर लगायतको सरसमान तोडफोड गर्नुको साथै कार्यालय बाहिर फलिदिएका छन्।
तोडफोडको कारण कार्यायका धेरै सामग्री नष्ट एवं क्षतिग्रस्त भएको छ। प्रहरीले तोडफोडमा संलग्न १८ जना विद्यालर्थीलाई पक्राउ गरेको छ। पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय गरुडामा राखिएको रौतहटका प्रहरी प्रवक्ता डीएसपी नविन कार्कीले जानकारी दिए।

कार्यालयमा तोडफोड गर्दा महत्वपूर्ण कागजातहरु नष्ट भएको र यसअघि पनि ती विद्यार्थीहरुले विद्यालयमा तोडफोड गरेकाले कानुन अनुसार कारबाही गरिने डीएसपी कार्कीले बताए।
यसअघि २ महिना अगाडि पनि पढाइ नभएको भन्दै विद्यार्थीहरुले विद्यालयमै तोडफफोड गरेका थिए। त्यस बेला सर्वपक्षीय बैठक बसेर विद्यार्थी बालबालिका भएकाले छोडिएकाे थियाे।