त्रिकोणात्मक क्रिकेट अपडेटः नेपाल सम्हालियो, २१ ओभरमा ३ विकेट ७१ रन

0
28
Five cats looking around a field.

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले सम्हालिएको प्रदर्शन गरेको छ।

ओमानले दिएको १ सय ९८ रनको पछ्याएको घरेलु टोलीले २१ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ७१ रन बनाएको छ।

उपकप्तान दिपेन्द्र सिंह ऐरी ३६ रन जोड्दा आउट हुन पुगे। दिपेन्द्रले १ छक्का र ४ चौका हाने। दिपेन्द्र मोहम्मद नाविको बलमा एलबी डब्लु धरापमा परे। का छन्।

भेषावकरले ३ चौका मद्दतमा २४ रन जोडे। अहिले क्रिजमा शरद भेषावकर र आरिफ शेख  छन्।

ओपनिङ ब्याट्सम्यान कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का सस्तैमा पवेलियन फर्केपछि दबाबमा आएको नेपालले सम्हालिएको प्रदर्शन गरिरहेको छ।

त्यसअघि कप्तान ज्ञानेन्द्र लामो सट खेल्ने धुनमा कलिमुल्लाहको कलमा मोहम्मद नाभिदबाट क्याच आउट हुन पुगे। उनी ३ दशमलव ५ ओभरमा १ रन जोड्दा पवेलियन फर्केका हुन्। त्यस्तै पारस खड्का ३ रन जोड्दा विकेट किपर सुरज कुमारको हातबाट क्याच आउट भए।

त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९७ रनको योगफल तयार पारेको थियो। नेपालका करण केसीले ४ तथा सुसन भारीले ३ विकेट लिए। दिपेन्द्रसिंह ऐरिले १ विकेट आफ्नो नाममा लेखाए।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0