नेपाल–ओमान क्रिकेटः तेस्रो विकेटका लागि कीर्तिमानी साझेदारी

0
33
Five cats looking around a field.

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानले दिएको १ सय ९८ रनको मध्यम लक्ष्य पछ्याइरहेको नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।

सुरुवाती ५ ओभरमा ४ रनमै दुवै ओपनर पारस खड्का र ज्ञानेन्द्र मल्ललाई गुमाएको नेपाललाई उपकप्तान दीपेन्द्र सिंह ऐरी र अनुभवी ब्याट्सम्यान शरद भेषावकरले सम्हालेका थिए।

दुवैले तेस्रो विकेटका लागि ६२ रनको कीर्तिमानी साझेदारी गर्दै इनिङ उकासे। नेपालको ओडीआईमा यो तेस्रो विकेटका लागि भएको उच्च साझेदारी हो।

ओडीआईमा नेपालको यो दोस्रो उच्च साझेदारीमा पर्दछ। दीपेन्द्रलाई २०औं ओभरको तेस्रो बलमा मोहम्मद नदीमले ३६ रनमा एलवी डब्लू आउट गरे। दीपेन्द्रले ५७ बलमा ५ चौका र १ छक्का प्रहार गरे। शरद १ सय ४ बलमा ५ चौका सहित ५४ रनमा खेलि रहेका छन्। उनलाई लेग स्पिनर सन्दिप लामिछानेले १४ रनमा साथ दिइरहेका छन्।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0