पोखरामा प्रधानमन्त्रीलाई कालो झण्डा, चार जना पक्राउ

0
31

पोखरा, १२ फागुन । पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोजेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले कालो झण्डा देखाउन जानेक्रममा पीएन क्याम्पस अघिबाट समाजवादी पार्टीका विद्यार्थी युनियनका युवालाई पक्राउ गरेको हो ।

यस्तै समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिमिल्सिना र प्रवास भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्री ओली नेकपा गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सम्बोधन गर्न पोखरा आएका हुन् ।

The post पोखरामा प्रधानमन्त्रीलाई कालो झण्डा, चार जना पक्राउ appeared first on Koshi Online.

थप ऊर्जा निर्यात गर्न नेपालले स्वीकृति पायो

Previous articleसिन्धुपाल्चोकमा प्रहरी चौकी आक्रमण गर्ने समूहलाई ज्यान मार्ने उद्योग मुद्दा
Next articleमाथिल्लो तामाकोशी आयोजनाको काममा ढिलाइ, लागत ७५ अर्ब माथि