भुजेल जातिसंग सम्बन्धित चलचित्र प्रदर्शन हुने

0
141
Five cats looking around a field.

धरान / नेपालमा अहिले सबै जातजातिले आफ्नो भाषा, संंस्कृतिको विकास गर्दै पहिचान स्थापित गर्ने काम गर्न थालेका छन् । कसैले साहित्यको माध्यमबाट, कसैले भाषाको माध्यमबाट त कसैले चलचित्रको माध्यमबाट आफ्ना पहिचान स्थापित गराउने काम गरेका छन् । यसै अनुरुप भुजेल जातिहरुल समेत आफ्नो भाषा, संस्कृतिको जगेर्ना गर्दै आफ्नो पहिचानलाई प्रदेश नंं १ मा जानकारी गराउने उद्दश्यले भुजेल जातिसंग सम्बन्धित चलचित्र प्रदर्शनमा जुटेका छन् ।

भुजेल सेवा समिति र भुजेल चलचित्र संघको संयुक्त आयोजनामा हुन लागेको भुजेल जातिहरुलाई समेटेर बनाइएको ‘निः प्हुगाल’ प्रदेश नंं १ मै पहिलोपटक धरानमा प्रदर्शन गर्न लागिएको भुजेल सेवा समिति सुनसरीका अध्यक्ष रवि भुजेलले जानकारी दिनुभयो । यस चलचित्रले भुजेलको संस्कति अरुले पनि थाहा पाउन सहज हुने बताउनुभयो ।

भुजेल जातिको बसोबास रहेकाे तनहु आदिमुलमा बसोबास गर्ने भुजेल जातिका ७५ घर परिवारलाई समेटी बनाइएको चलचित्र ५० प्रतिशत सोही स्थानमा र बाकी पोखरामा छायांंकन गरिएको उहाल बताउनुभयो ।आदिवासी जनजातिमा सुचित भुजेल समुदायको भाषा, संस्कृति र पहिचान गुम्ने अवस्था पुगेकोले चलचित्रमार्फत प्रदेश नं. १ मा भुजेलको पहिचान र संस्कृतिलाई देखाउन चलचित्रका आयोजन गर्न लागिएको भुजेल सांस्कृतिक संघका डिकबहादुर भुजेलले बताउनुभयो ।

यहाका जनप्रतिनिधिको सहभागितामा माघ २५ गते धरान १२ मा रहेको होटल पूर्वी स्टार र माग २७ गते धरान ८ मा रहेको गोर्खा सिने कम्प्लेकसमा प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ । ३५ लाखमा निर्माण भएको चलचित्रको निर्देशन पोखराका कृष्ण गुरुङ र लेखन लमजुङका कमल भुजेलल गर्नुभएको हो ।

The post भुजेल जातिसंग सम्बन्धित चलचित्र प्रदर्शन हुने appeared first on Purbeli News.

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0