गच्छदारलाई मुद्दा लगाएपछि संसदमा कांग्रेसको अवरोध

0
43
Five cats looking around a field.

काठमाडौं, २३ माघ । उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियारले मुद्दा दर्ता गराएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठकमा अवरोध गरेको हो ।

सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा आफ्ना नेताविरुद्ध बालुवाटार जग्गा हिनामिना प्रकरणमा मुद्दा चलाएको आरोप कांग्रेसको छ ।

बैठकको सुरुमै समय लिएर कांग्रेस सांसद पुष्पा भुसालले सरकारले अख्तियारको प्रयोग गरेर कांग्रेस र अन्य नेताहरुप्रति असमान र अन्यायपूर्ण व्यवहार गरेको बताइन् ।

उनले बोल्ने बित्तिकै कांग्रेस सांसदहरु बसेको ठाउँबाट उठेर विरोध जनाए । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुक्रबार सम्मका लागि स्थगित गरेको घोषणा गरे ।

अख्तियारले बिहीबार बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन मन्त्री विजयकुरमार गच्छदारसहित तीन पूर्वमन्त्री र तीन पूर्वसचिवसहित १७५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो।

छानिछानि अख्तियारले मुद्दा चलाएको संसद भुषालको भनाइ छ ।

‘मन्त्रिपरिषद्को निर्णयमा प्रधानमन्त्रीलाई उन्मुक्ती दिने तर मन्त्रीलाई मुद्दा लगाउने कसरी हुन्छ ? उनले भनिन् ।

जग्गा फिर्ता गर्ने भनेकै आधारमा कसैलाई छाडिदिने भन्ने निर्णय गरेकोमा उनले त्यसो गर्न कसरी मिल्छ भनी प्रश्न गरिन्।

यस्तो ‘असमान व्यवहारबाट’ आयोगकै विश्वसनीयतामा प्रश्न चिन्ह उठ्ने उनको बताइन् ।

The post गच्छदारलाई मुद्दा लगाएपछि संसदमा कांग्रेसको अवरोध appeared first on Koshi Online.

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0