प्रदेश संसदको हिउँदे अधिवेशनको पहिलो दिन नेताहरुले भने – ‘अब नामाकरण टुंगो लगाउनुपर्छ ’

0
32
Five cats looking around a field.

विराटनगर ,२३ माघ । एक नम्बर प्रदेश संसदीय दलका नेताहरुले चालु हिउँदे तथा बिधेयक अधिवेशनमा प्रदेशको नाम टुंगो लगाउनुपर्नेमा जोड दिएका छन ।

हिउँदे तथा पाँचौँ अधिवेशनको पहिलो दिन बिहीबार शुमकामना व्यक्त गर्दै दलका नेताहरुले जारी अधिवेशनमै प्रदेशको नामाकरण चाँडो टुंगो लगाउन जोड दिए ।

प्रदेश सभामा मुख्य प्रतिपक्षी दल कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले जारी हिउँदे अधिवेशनमै प्रदेशको नामाकरण टुंगो लगाउन माग गरे ।

समाजवादी पार्टीका नेता जयराम यादवले संबिधानको मर्मलाई ख्याल गर्दै जारी अधिवेशनमै सहमतिमा प्रदेशको नाम टुंगो लगाउनुपर्ने बताए ।

राप्रपाकी नेता ईन्दीरा राईले प्रदेशको नामाकरण टुंगो लगाउन ढिलाई गर्न नहुने बताइन् ।

संघीय लोकतान्त्रिक मञ्चकी नेता बिष्णु तुम्बाहाम्फेले आधुनिकताका नाममा पहिचानलाई बेवास्ता गरेमा शान्त नेपाल र सुखी नेपालीको नारा सफल नहुने भन्दै प्रदेशको नाम किराँत लिम्बुवान राख्न माग गरिन् ।

अधिवेशनलाई शुभकामना व्यक्त गर्दै नेकपा संसदीय दलका नेता तथा एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले चालु हिउँदे अधिवेशनमै प्रदेशको नाम टुंगो लगाउन सरकार प्रतिवद्ध रहेको बताए ।

उनले सहमतिमा प्रदेशको नामाकरण टुंगो लगाउन प्रदेश सरकारले अन्तिम समयसम्म सहजिकरणमा सहयोग पुर्याउने बताए ।

उनले दलहरुकै सहमतिमा चार वटा अधिवेशन बितिसक्दा पनि प्रदेशको नामाकरणको प्रस्ताव संसदमा दर्ता नभएको तर अब भने सहमतिमै दर्ता गराउन सरकार जिम्मेवार भएर लागिपर्ने बताए ।

एक नम्बर प्रदेश सभामा सत्ताधारी दल नेकपाको ६७ कांग्रेसको २१, संघीय समाजवादीको ३, राप्रपा १ र लोकतान्त्रिक मञ्चको १ सांसद छन् ।

संबिधानमा व्यवस्था भए अनुसार प्रदेश सभाको दुई तिहाई बहुमतले नामाकरण गर्न सक्नेछ ।

एक नम्बर प्रदेशको नाम लिम्बुवान, किराँत , लिम्बुवान किराँत, किराँत लिम्बुवान र कोच, कोशी, सगरमाथा, कोशी सगरमाथा , मेची प्रदेश, विराट, कञ्चनजंघा, बिजयपुर प्रदेश लगायत हुनुपर्ने माग छ ।

The post प्रदेश संसदको हिउँदे अधिवेशनको पहिलो दिन नेताहरुले भने – ‘अब नामाकरण टुंगो लगाउनुपर्छ ’ appeared first on Koshi Online.

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0