विराटनगर, २४ माघ । ललिता निवास जग्गा प्रकरणमा आफ्नो संलग्नला नरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् ।
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले आफ्नो संलग्नता नरहेको बताएका हुन् ।

आफूविरुद्ध भएका प्रचार गलत भएको बताउँदै उनले दोषी देखिए सजाय भोग्न तयार रहेको बताए ।
नेपाली कांग्रेसले आफ्ना नेता विजयकुमार गच्छदारलाई फसाएर नेकपाले आफ्ना नेतालाई संरक्षण गरेको बताउँदै आएको छ ।

नेता नेपालले कांग्रेसले भनेजस्तो कसैलाई नफसाइएको बताए ।
‘ललिता निवासको जग्गा प्रकरणमा कांग्रेसले भनेजस्तो कसैलाई फसाइएको होइन,’ उनले भने, ‘दोसी उम्मकन हुँदैन् निर्दाेष फस्न हुँदैन् ।’
आफू भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने मान्यताको मान्छे भएको बताउँदै उनले ललिता निवास प्रकरणमा अख्तियारलाई निष्पक्ष छानबिन गर्न कसैले हस्तक्षेप गर्न नहुने बताए ।
ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार १ सय ७५ विरुद्ध मुद्दा दायर गरेको छ ।
नेपालले अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) अन्तर्गत दिएको अनुदान संसदबाट टुंगो लगाउनुपर्ने बताए ।
एमसीसी इन्डो प्यासफिक रणनीति नभएको बताउँदै संसदबाट पास गर्नुपर्ने उनको भनाइ छ ।
एमसीसीका सन्दर्भमा कतिपयका अभिव्यक्तिले जटिलता उत्पन्न भए पनि सरकार, सांसद, नेताहरू प्रस्ट हुनुपर्ने नेपालले बताए ।
The post ललिता निवास प्रकरण : माधव नेपाल भन्छन्, ‘मेरो संलग्नता छैन’ appeared first on Koshi Online.